डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो




नेपाल आयल निगमले डिजेल पेट्रोलको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको उपभोक्ता मूल्य घटाइएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार डिजेल र पेट्रोल एक लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य घटाइएको छ। अब पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ हुने छ भने डिजेल ७६ रुपैयाँमा उपभोक्ताले पाउने छन्।

तर निगमले खाना पकाउने ग्यासकाे मूल्य भने यथावत राखेकाे छ। यसअघि निगमले गएकाे पुसमा मूल्य घटाएकाे थियाे।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.