नयाँ वर्षमा हिरोका मोटरसाइकल किन्दै हुनुहुन्छ ? यस्तो छ अफर

नयाँ वर्षमा हिरोका मोटरसाइकल किन्दै हुनुहुन्छ ? यस्तो छ अफर


नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले ‘नयाँ वर्ष लाख–लाख पर्छ’ अफर ल्याएको छ।
यो अफर अन्तर्गत हिरोका हरेक बाइकको खरिदमा स्क्र्याच कार्डमार्फत ५ हजार देखि १ लाखसम्मको क्यास डिस्काउन्ट पाउन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै हरेक १५ दिनमा एकजना भग्यशालीले १ लाख नगद जित्न सक्ने हिरो मोटरसाइकलका मिडिया कोअर्डिनेटर शितल दाहालले जानकारी दिइन्।
हरेक मोटरसाइकको खरिदमा ग्राहकलाई इन्जिन आयलमा ३० प्रतिशत छुट, स्पेयर पार्टसमा ७ प्रतिशत छुट, ५ वर्षको वारेन्टी, फ्रि हेल्मेट र ९ पटकको फ्रि सर्भिसिङ दिइने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.