एसएमएल ईसुजु ईन्डियाले गोल्डफिश इन्टरनेशनलसँग मिलेर नेपालमा गाडी बेच्ने साझेदारीको गरेको छ।
साझेदारी पछि लक्ष्मीसमूह अन्तर्गतको गोल्डफिश इन्टरनेशनल एसएमएल ईसुजुको आधिकारिक विक्रेता भएको कम्पनीले जनाएको छ।
लक्ष्मी ग्रुपको लामोे अनुभव र ग्राहक प्रतिको जवाफदेहिताका कारण ईसुजुका गाडी बेच्ने जिम्वेवारी पाएको लक्ष्मी ग्रुपका अध्यक्षको भनाइ छ।
कम्पनीले विभिन्न थरिका आधुनिक बस, ट्रक, स्कुल बस, निजी बस, टिपर नेपाली बजारमा ल्याएको छ।प्रारम्भिक चरणमा काठमाडौंमा ‘थ्रिएस’ र ‘टुएस’ सेवा शुरु गर्ने जनाएको छ।
त्यसैगरी पोखरामा ‘थ्रिएस’, बनेपामा ‘टुएस’, पाँचखालमा ‘टुएस’ र धादिङमा ‘टुएस’ सुविधा शुरु गरिने छ।कम्पनीका अनुसार सेवा आगामी दिनमा इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौँडा, भैरवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरु गरिने छ।
कम्पनीले सेल्स र सर्भिस प्रदान गर्न गुर्जुधारामा फ्ल्यागसिप थ्रिएस सेन्टर निर्माण गरिरहेको छ।ईसुजुले ३३ वर्ष देखि व्यवसायिक प्रायोजनका गाडी उत्पादन गर्दै आइरहेको छ।