सुजुकीका दुई पाँग्रे सवारीको आधिकारिक वितरक भिजी अटोमोबाइल्सले सुजुकीको नयाँ बाइक जिक्सर एसपी एबिएस सार्वजनीक गरेको छ।
कम्पनीले सुजुकी जिक्सर पछि यसमा सुरक्षा प्रविधि एबिएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ।सुजुकीको यस भन्दा अगाडि लन्च भएको जीक्सर मोटरसाइकलको जस्तै यसको लुक्स छ। नयाँ थप कलर भने उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
ब्ल्याक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबिएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ ।
१ सय ५४.९ सिसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध छ, जसले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।
बाइक सुजुकीको देशभरका सवै शोरुममा कार्तिक १८ देखि उपलब्ध गराइएको छ । कम्पनीले सुजुकी दुई पांग्रे सवै सवारी साधनमा ५ वर्षको वारेन्टी प्रदान रहेको जनाइएको छ । सुजुकीका सवै शोरुममा एक्सचेन्ज र फाईनान्सको सुविधा छ ।