नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सुरु गरेको छ ।
एमएडब्लुले शुभकोटी मोटर्स मार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो ।यहाँ आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी डिलरसिप सुरु गरिएको कम्पनीको भनाइ छ।
शोरुमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले गरे।शुभकोटी मोटर्सबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि
अब यामाहाका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने शुभकोटी मोटर्सका प्रबन्ध निर्देशक समुन्द्र भण्डारीले बताए।उनका अनुसार हाई–टेक वर्कसपमा, तालिमप्राप्त र दक्ष टेक्निसियन छन। मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन्। मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन्। यामाहाले भर्खरै एफजीएस एफआई डबल डिस्क बजारमा ल्याएको जनाएको छ।