एक्सन कन्स्ट्रक्सन इक्युमेन्ट लिमिटेड(एसिइ) द्वारा उत्पादित हेभि इक्विपमेन्टहरूको मंगलबार रुपन्देहीमा ‘रोड–शो’ गरिएको छ।
लक्षित ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी बजार प्रवर्द्धन गर्ने उद्देश्यले एसिइका अधिकृत विक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजी तिलोत्तमा नयाँमिलले ‘रोड–शो’ आयोजना गरेको हो।
‘रोड शो’ कार्यक्रम नयाँमिलदेखि बुटवलको गोलपार्कसम्म निर्माण कार्यका लागि प्रयोग हुने ग्रेडर, क्रेन र भ्याकु प्रदर्शन गरेको हो।
‘रोड शो’मार्फत् ग्राहकहरूमा एसिइका उत्पादनको गुणस्तर र सर्भिसप्रति विश्वास बढ्ने कम्पनीले जनाएको छ।
एसिइले दुई महिना अघिमात्रै आफ्नो नयाँ भ्याकु लोडर ए एक्स १२४ मोडल रुपन्देहीको मणिग्राममा सार्वजनिक गरेको थियो। कम्पनीले नेपालमै पहिलोपटक रुपन्देहीबाट उत्पादनको सार्वजनिक गरेको थियो। उक्त उत्पादन कम्पनीले ४१ वटा देशमा पठाएको छ ।
एसिइका नेपालका लागि आधिकारीक विक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशक टंकप्रसाद पाण्डेले निर्माण व्यवसायीहरूको माग र बढ्दो आकांक्षा अनुसार ‘रोड शो’ कार्यक्रम गरिएको र यसले एसिइका उत्पादनको गुणस्तरबारे ग्राहकहरूलाई विश्वास दिलाउने बताए।
‘एसिइका उत्पादनको विक्री बढाउने तथा प्रचार/प्रसार गर्ने उद्देश्यले ‘रोड शो’ को आयोजना गरिएको हो’,उनले भने।
अर्का निर्देशक मोहन चापागाईंले नेपाली बजारमा एसिइका उत्पादन लोकप्रिय भइरहेको दाबी गरे।
उनले एसिइका उत्पादन गुणस्तरीय, अन्य कम्पनीहरूको दाँजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेका कारण यसलाई नेपाली बजारमा भित्र्याइएको बताए ।