ओप्पोले भर्खरै सार्वजनिक गरेको ए सिरिजको एसेवेन स्मार्ट फोनको प्रिअर्डर खुल्ला गरिएको छ।
प्रिअर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ। फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५ मा कम्पनीको आधिकारिक शोरुमबाट हुने छ।
उपभोक्ताले प्रिअर्डर अवधिभर पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट २००० रुपैयाँ अग्रिम भुक्तानी गरी बुक गर्न सक्नेछन् ।
प्रिबुकिङ गर्नेले नायिक श्वस्तिमा खड्कालाई भेट्ने र उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने कम्पनीको भनाइ छ।