नेपालका लागि टाटा हिटाचीको एक मात्र आधिकारिक बितरक सिप्रदी अर्थमुभर्सले पोखरामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटनमा सिप्रदी ट्रेडिङ्गका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरी, अर्थमुभर्सका उप महाप्रबन्धक राजेन्द्र कार्की, टाटा हिटाचीका अन्तर्राष्ट्रिय व्यवसाय निर्यात प्रमुख जयकारा कलमाडी तथा हेभी इक्युमेन्ट महासंघ नेपालका अध्यक्ष तारा बहादुर कुवँर लगायतको उपस्थिति थियो।
सो अवसरमा सिप्रदीका प्रमुख संचालन अधिकृत गिरीले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोली बिक्री पश्चातको सेवा अझ प्रभावकारी तथा परिष्कृत गर्दै लैजाने प्रतिबद्वता जनाए।
सिप्रदी अर्थमुभर्सले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिका विभिन्न साइजको एक्साभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ।