महिन्द्रा चारपंग्रे गाडीको देशैभर निशुल्क सर्भिसिङ


महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवक्र्सले ‘महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प’ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत महिन्द्राका चार पांग्रे गाडीमा देशैभर कम्पनीका आधिकारिक वर्कसपहरूबाट फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सोमबारदेखि बिहिबारसम्म चल्ने छ।

यस योजनामा निःशुल्क सर्भिसिङको साथसाथै पार्टपूर्जा, लुब्रिकेन्ट, तथा अन्य एसोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको महिन्द्राले जनाएको छ।

स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एसोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाइएको बताइएको छ।

यो सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले विभिन्न ७५ जाँच गर्दछन्। सेवाको लागि ग्राहकले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ गर्नु पर्ने बताइएको छ।

त्यस्तै थप जानकारीको लागि कम्पनीको टोल फ्रि नम्बरहरु १६६००१००२०० वा ९८०१५७१२१२ मा सम्पर्क गर्न सकिने छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.