टाटा मोटर्सको सोरुममा मेला: जुनसुकै ब्राण्डका गाडी साट्न पाइने


टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ वर्षको उपलक्ष्यमा ‘जनवरी फेस्ट’ आयोजना गर्ने भएको छ। टाटाको थापाथलीस्थित अत्याधुनिक सोरुममा पुस २१ गते देखि २३ गते सम्म मेला आयोजना हुन लागेको हो।

उक्त अवसरमा ग्राहकले टाटा मोटर्सका नयाँ डिजाइनका उत्पादनहरु जेस्ट, टियागो, टिगोर, हेक्जा स्ट्रोम लगायतका गाडीहरु अवलोकन गर्न तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

जुनसुकै ब्राण्डका गाडीहरु साट्न गर्न सकिने कम्पनीले जनाएको छ। कार्यक्रमको विशेष आकर्षणमा गाडीको अवलोकनका साथसाथै बीमा, अन द स्पट फाइनान्सको सुविधा, म्याजिक शो तथा मनोरन्जनात्मक नृत्यका साथमा खानाको मज्जा लिन सकिने कम्पनीले जनाएको छ।

उक्त अवधिभर बुकिङ्ग गर्ने ग्राहकलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ। बिहान १० बजेदेखि बेलुकी ६ बजे सम्म चल्ने कार्यक्रममा ग्राहकहरुको उल्लेख्य सहभागिता रहने कम्पनीको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.