सुजुकी दुई पांग्रेको नयाँ शोरुम माहादेवबेशीमा


धादिङमा सुजुकीले २ पांग्रे सवारीको ‘थ्रिएस’ सुविधा सहित शोरुम संचालनमा ल्याएको छ।

सुजुकी मोटर कर्पोरेशन नेपालका लागि आधिकारीक आयातकर्ता भि जी अटोमोबाईल्स प्रा.लिले धादिङको माहादेवबेशीमा बिक्रेता ट्रयाक्टर ईन्जिनियरिङ प्रा लि मार्फत आफ्नो सेवा सुरुवात गरेको हो।

शोरुमको उद्घाटन गर्दै धार्के गाउँपालिका प्रमुख रामकुमार आचार्यले नयाँ शाखा संचालन पछि मोटरसाइकल तथा स्कुटर खरिद तथा मर्मत गर्न राजधानीसम्म धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको भन्दै उनले संचालक सुरज थापालाई धन्यवाद समेत दिए।

नयाँ शोरुम सुभारम्भको अवसरमा कम्पनीले कुनै पनि ब्राण्डका पुरानो मोटरसाइकल वा स्कुटरको न्यूनतम मुल्याङ्कन २५ हजार गरिने, नगद खरिदमा १० हजार छुट साथै तेस्रो पक्ष बिमाको निशुल्क ब्यवस्था गरेको एक्सचेन्ज म्यानेजर राजन श्रेष्ठले जानकारी दिए।

हाल नेपाली बजारमा सुजुकी को जिक्सर सिरिज, हयाते, एक्सिस स्कुटर तथा लेट्स स्कुटर उपलब्ध छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.