बंगलादेशमा उत्पदित रनर ब्राण्डका मोटरसाइकल तथा स्कुटर नेपालगन्जमा


बंगलादेशमा उत्पादित रनर ब्रण्डका मोटरसाइकल र स्कुटर अब नेपालगन्जमा उपलव्ध हुने भएको छ।

नेपालगन्जका लागि डिलर लक्ष्मी ट्रेड लिंकले नयाँ शोरुम संचालनमा ल्याएको हो। । रनरको नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्स प्रालि हो।

उप महानगरपालिकाका मेयर डा. धवल समशेर राणाले शोरुम उद्घाटन गर्दै शफलताको शभकामना दिए। छ बर्ष वारेन्टीका साथमा रनर ब्रण्डका ८० सिसी, १०० सिसी, ११० सिसी, १२५ सिसी र १५० सिसीका बाइक उपलव्ध छन्।

त्यस्तै ११० सिसीको गियर जडित क्लजरहित स्कुटरलाई पनि ग्राहकले मन पराएको रमण मोटर्सका बिजनेश डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले दावी गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.