सुजुकी सेलेरियोको देशभर ‘टेष्ट राइड क्याम्पेन’


सिजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन सञ्चालन गरेको छ। सिजी होल्डिङ सुजुकीको चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता हो।

उपभोक्तालाई खरिद निर्णय लिनुपूर्व .‘फस्र्ट ह्याण्ड’ अनुभव तथा सुन्तुष्टि प्रदान गर्ने सोचले यो अभियानको थालनी गरिएको कम्पनीले जनाएको छ। कम्पनीका मार्केटिङ एण्ड स्ट्रयाटिजी डीजीएम सिरज पन्तले खरिद गर्नुअघि सही तथा निर्धक्कसँग निर्णय लिने कार्यमा सघाउने सोचका साथ ‘टेष्ट राइड क्याम्पेन’ थालिएको बताए।

‘हामीले दि परफेक्ट फेमिली कार’ सेलेरियोका लागि यो अभियान सञ्चालनमा ल्याएका हौँ’ उनले भने। कम्पनीको प्रतिबद्धता सही छ भन्ने प्रमाणित गर्नका लागि यो अभियान सफल हुने उनले बताए।

क्षेत्रीय रुपमा ५ महिनासम्म विभिन्न ठाउँमा टेष्ट राइड क्याप सञ्चालन गर्ने कम्पनीले जनाएको छ। टेष्ट राइड अवधिभर उपभोक्ताले शोरुममा गई तालिम प्राप्त विक्री अधिकृतको उपस्थिती, निगरानी तथा सहयोगमा झञ्झट रहित टेष्ट राइड अनुभव लिन सक्नेछन्।

हरेक टेष्ट राइडमा आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्तालाई बम्परका रुपमा १ लाख रुपैयाँ क्यास जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.