जाडोमा रेनोले ल्यायो ‘सुपर हिट’ योजना


रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स प्रालिले ‘रेनो सुप्पर हिट’ स्किम संचालनमा ल्याएको छ।

जाडो यामको अवसर पारेर कम्पनीले उक्त स्किम संचालनमा ल्याएको हो। यस स्किम अन्तर्गत रेनोका कुनै पनि कार खरिद गर्दा ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

साथै ग्राहकले एक बर्षको निशुल्क बीमा, एक बर्षको निशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई बर्षसम्म निशुल्क सर्भिसिङ तथा १ लाख सम्मको एक्स्चेन्ज बोनस समेत पाउने छन्। यो योजना रेनोका सबै डिलर तथा शोरुमहरुबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.