अग्नीमोटो इन्कको आधिकारिक टु ह्वीलर शोरुम वीरगन्जमा


महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेता अग्नीमोटो इन्कले वीरगन्जमा आफ्नो आधिकारिक शोरुम संचालनमा ल्याएको छ।

शोरुमबाट सबै सेवाहरु प्रदान हुने कम्पनीले जनाएको छ। नयाँगोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथा अन्यबाइकहरु शोरुम बाट विक्रीवितरण गरिने छ।

शोरुमबाट महिन्द्रा टु ह्वीलरको स्पेयर पार्टसहरु उपलब्ध हुनुका साथै विक्री पछिको सेवाहरु पनि उपलब्ध हुने अग्नी मोटोइन्कले जनाएको छ। वीरगन्ज तथा आसपासका ग्राहकलाई यसले सहजता हुने कम्पनीले विश्वास लिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.