कृषि सामग्री कम्पनीले थप २५ हजार टन डिएपी मल ल्याउन टेण्डर आह्वान गरेको छ।
टेण्डरका लागि मंगलबार एक सूचना जारी गरिएको कम्पनीका प्रवक्ता पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार मल ल्याउन कम्पनीहरूले मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
यसअघि सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले २५ हजार टन डिएपी मल ल्याउन ठेक्का पाएको थियो।