पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ प्रति लिटर २ रूपैयाँले बढ्यो

पेट्रोलमा प्रतिलिटर ०.७२ रूपैयाँ नाफा र डिजेलतर्फ २.२९ रूपैयाँ घाटा


पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २-२ रूपयाँको दरले वृद्धि गरेको हो।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन्।

बुधबार राति १२ बजेदेखि यो मूल्य लागू हुनेछ ।

विगत केहि समयदेखी अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले पनि इन्डियन ओएल कर्पोरेसनले पढाएको मूल्यसूचिका आधारमा नयाँ विक्री मूल्य कायम गरेको हो। निगमले पछील्लो समय स्वचालित मूल्य प्रणाली अन्तरगत तेलको भाउ घटाउने तथा बढाउने गर्दै आइरहेको छ।

नयाँ मूल्यसूचि अनुसार आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ०.७२ रूपैयाँ नाफा रहेको छ भने डिजेलतर्फ भने २.२९ रूपयाँ घाटा रहेको छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.