सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मेरो गुरुआमाले मायाको कुरा पढाउँदा
आमाको उदाहरण आउँछ
म निसंकोच भन्न सक्छु
मायाको कपुरी 'क' पनि आमा हो
विद्यावारिधि पनि आमा हो।
मेरो गुरुले कर्तव्य करुणा र विवेकको कुरा पढाउँदा
आमाको उदाहरण आउँछ
म निसंकोच भन्न सक्छु
कर्तव्य, करुणा र विवेकको धर्ती पनि आमा हो
विशाल आकाश पनि आमा है।
मेरो गुरुआमाले त्याग र संघर्षको कुरा पढाउँदा
आमाको उदाहरण आउँछ
म निसंकोच भन्न सक्छु
त्याग र संघर्ष सिक्ने पाठशाला पनि आमा हो
विश्वविद्यालय पनि आमा हो ।
त्यसैले म भन्छु
मेरी आमा मेरो जीवनको सर्जक हो
पथ प्रदर्शक हो
मन बिसाउने चौतारी हो
आशा र उत्प्रेरणाको सुन्दर बगैँचा हो
पढिराखौँ जस्तो एउटा सुन्दर कविता हो
पुजिराखौँ जस्तो मनको देवता हो।
(अर्थमा पाण्डे नालन्दा विद्यामन्दिर, सानोठिमी भक्तपुरको कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्।)