सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
आफ्नो प्राणभन्दा देशलाई ठुलो मानी आफ्नो बलिदान दिन सक्ने ती महान् शहीदहरूलाई हामी सम्मान व्यक्त गर्दछौँ। उहाँहरूप्रति हामी आभार व्यक्त गर्दछौँ।
देशका निम्ति हाँसी-हाँसी फाँसी माला लगाउन तयार भएका ती शहीदलाई सम्झनु हामी सबैको कर्तव्य पनि हो। यदि शहीद नभएका भए र उनीहरूले त्यति ठुलो योगदान नदिएका भए नेपाल अहिलेसम्म पनि राणा शासनबाट मुक्त हुँदैन थियो होला।
यदि शहीद नभएका भए नेपाली जनता राणाका अहिले जस्तो स्वतन्त्र हुँदैन थिए। उनीहरूमा जनचेतनाको पहुँच हुँदैन थियो। उनीहरूको जीवन नरक नै हुन्थ्यो।
जब जब नेपालमा कसैको अत्याचारले सीमा नाघ्दछ, तब तब एक सपुत वा एक शहीदको जन्म भएकै हुन्छ।
सबै नेपालीले शहीदलाई याद राख्न भनी राज्यले समेत शहीद दिवसको अवसरमा उनीहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते बिदा दिने गरेको छ।
देशलाई राम्रो बनाउन हामी असल सपुत हुनुपर्दछ। देशका निम्ति जस्तोसुकै योगदान पनि दिनुपर्छ। सबै नेपालीले शहीद दिवसका दिन मात्र नभई परेको दिन शहीदको यो ठुलो योगदानलाई सम्झेर देशलाई अघि बढाउनु पर्दछ।
(सार्थक पौडेल सिद्धार्थ वनस्थली स्कुलको कक्षा ८ मा अध्ययनरत छन्।)