सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
छोरेपाटन माविमा गठित युवा रेडक्रस सर्कलको सभापतिको रूपमा रहँदा मैले मानवताको रूपान्तरणकारी शक्ति नजिकबाट अनुभव गर्ने अवसर पाएको छु। मेरो रेडक्रसको यात्राको प्रारम्भ विसं २०७८ पुस ९ गते, शुक्रबार कक्षा ७ मा अध्ययन गर्दा सुरु भएको थियो।
रेडक्रसले आयोजना गर्ने विभिन्न कार्यक्रम र जिल्ला स्तरीय सम्मेलनमा सहभागी भएर मैले नेतृत्व भनेको के हो भन्ने राम्ररी बुझेँ र ममा सहकार्यको साथै समन्वयको भावना विकसित हुँदै छ। यी अनुभवहरूले मेरो व्यक्तित्व विकासमा परिपक्वता ल्याएको छ भने समाजप्रति मेरो दायित्व बोध गराउनका साथै प्रतिबद्ध बनायो।
मलाई रेडक्रसको विषयमा सामान्य ज्ञान विद्यालयको आधारभूत तह अध्ययन गर्दा नै थाहा थियो तर रेडक्रसमा आबद्ध हुने मौका जब हाम्रो विद्यालयमा युवा रेडक्रस सर्कलको पुनर्गठनको कार्यक्रममा बताएपछि अझ यस विषयमा इच्छा जाग्न थाल्यो विद्यालयको सभाहलमा सम्पन्न निकै लामो प्रक्रियाबाट उप-कोषाध्यक्षको जिम्मेवारी समेत प्राप्त गरेँ।
रेडक्रसमा आबद्ध भएपश्चात् विभिन्न कार्यक्रमको लागि कक्षा छोड्दा परेको समस्या समाधान गर्दै रेडक्रसले मलाई गरेको मार्गनिर्देशन र सहयोगले व्यवस्थापन गर्न सिकायो।
मेरा यात्रा मध्यको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम जिल्ला स्तरीय गोष्ठी थियो। ने.रे. सो कास्की शाखाले हामीलाई गोष्ठी गर्ने जिम्मेवारी दिएको थियो जसमा गण्डकी प्रदेशका मुख्यमन्त्री र रेडक्रस आबद्ध विशिष्ट व्यक्तिहरूको उपस्थितिमा हामीले १५० भन्दा बढी विद्यार्थी र शिक्षकहरूको सहभागितामा सभ्य र भव्य तरिकाले सम्पन्न गन्यौँ।
हामीले विभिन्न सरकारी निकाय, विद्यालय र विद्यालयभित्रका विभिन्न क्लबहरूको समन्वयमा हाम्रो समुदाय स्तरमा समेत विभिन्न प्रभावकारी कार्यक्रम सञ्चालन गायौँ। हामीले विद्यार्थीलाई रेडक्रसको बारेमा र मानवीय सेवाका साथै भावनाको बारेमा विद्यार्थीलाई ज्ञान दिन निकै सक्रिय भूमिका खेलेका छौँ।
मेरो जीवनमा रेडक्रसको प्रभाव
रेडक्रसले मेरो जीवनमा सकारात्मक र गहिरो प्रभाव पारेको छ। यसले मलाई मानवताको भावना, दया, माया, सेवा, सम्मान गर्ने कुरा मात्र सिकाएन, जीवनको सन्दर्भमा नयाँ दृष्टिकोण पनि दियो। यसमा आबद्ध भएको समयले मलाई व्यक्तिगत र सामाजिक स्तरमा समृद्ध बनाउन मद्धत गन्यो।
यसले मेरो नेतृत्व विकास गर्न ठुलो योगदान दियो। कोषाध्यक्षको रूपमा आर्थिक योजना बनाउन र कार्यक्रमहरू व्यवस्थापन गर्न पाउँदा मेरो सङ्ख्यात्मक क्षमतामा उल्लेखनीय सुधार हुँदै छ। यसमा आबद्ध भएपश्चात् कक्षा छाडेर विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदा सुरुमा चुनौतीपूर्ण भए पनि पछि मलाई समय र प्राथमिकता निर्धारण गर्ने कुरा सिकायो।
यो यात्रा मात्र व्यक्तिगत सीमित रहेन, समाजप्रतिको मेरो दृष्टिकोणलाई पनि पूर्ण रूपमा परिवर्तन गर्यो। रक्तदान कार्यक्रमहरू, स्वास्थ्य सचेतना अभियानहरू आपतकालीन सेवामा काम गर्दा मैले मानवता र सेवाको महत्त्वलाई नजिकबाट अनुभव गरेँ।
रेडक्रससँगै बिताएका हरेक पलले मलाई मानिसलाई सहयोग गर्न, समुदायमा सकारात्मक परिवर्तन ल्याउन र जीवनलाई उद्देश्यपूर्ण बनाउने प्रेरणा दिएको छ। यो अनुभवले व्यक्तिगत र सामाजिक यात्रा दुवैलाई सुदृढ बनाएको छ।
मैले बुझेअनुसार रेडक्रस एक संस्था नभई विश्वको एक महत्त्वपूर्ण अभियान हो। यसले मलाई नेतृत्व विकासको क्षमता, समय व्यवस्थापन र समस्या समाधान गर्ने सिपहरूलाई परिष्कृत गर्ने अवसर दियो। समुदायका लागि काम गर्दा हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाइरहेको छु। म अन्य पनि रेडक्रस अभियानमा जोडिन अपिल गर्दछु।
(सुशान्त सुबेदी छोरेपाटन माध्यमिक विद्यालय पोखरा १७, छोरेपाटनको कक्षा १० मा अध्ययनरत छन्। उनी युवा रेडक्रस सर्कल, छोरेपाटन माविका अध्यक्ष हुन्।)