सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
नेपालको प्राचिन मन्दिरहरूमध्येको एक हो, चांगुनारायण मन्दिर। यो मन्दिर ई.सा पूर्व ३२३ मा लिच्छवीराजा हरिसद्यत्र वर्माले बनाएको मान्यता छ।
प्रमाणित रूपमा भने लिच्छवी राजा मानदेवले वि.स. ५२१ मा जिर्णोद्धार गरी आफ्नौ आमाको उपस्थितिमा गरूणको मुर्ति स्थापना गरी शिलालेख समेत राख्न लगाएको अभिलेख पाइन्छ।
नेपालको आठ सम्पदामध्ये एक चांगुनारायण मन्दिर पनि हो। यो मन्दिरलाई सन् १९६९ मा युनेस्को विश्व सम्पदा सुचीमा सुचिकृत गरिएको थियो। तसर्थ, यो मन्दिर धार्मिक र इतिहासिक रूपले धेरै महत्त्वपूर्ण छ। यो एउटा पर्यटकीय स्थल पनि हो।
लिच्छवीकालमा यो मन्दिरलाई डोला शिखर स्वामि नामले चिनिन्थ्यो। आजकाल यस मन्दिरलाई चम्पक नारायण र चांगुनारायणका साथै गरूण नारायण जस्ता नामले चिनिन्छ।
नेपाल भाषामा 'च' को अर्थ चाप र 'गु' अर्थ वन हन्छ। अर्थात् चापको वनभित्र मन्दिर भनिएको हो। संस्कृत भाषामा यस मन्दिरलाई चम्पक नारायण भनिन्छ। चांगुनारायणको उत्पत्ति सम्बन्धमा स्कन्द पुराणको नेपाल महात्मय खण्डमा यस्ता वर्णन पाइन्छ: चांगुनारायणमा चापमा अनगिन्ती रूखहरू थिए। उक्त रूखको वनभित्र एक सुदर्सन नामका ब्राह्मण बसोबास गर्थे।
उनले त्यहाँ धेरै गाईहरू पालेका थिए जसको रेखदेख गर्न गोठालाहरू व्यवस्था गरेका थिए। ती गोठालाहरूले प्रत्येक दिन ब्राह्मणलाई दूध दिन जानुपर्थ्यो। केही समयपछि उक्त गोठालाहरूले दूध दिन छोडेकाले गाईले किन दूध दिएन भनेर आफै निरीक्षण गर्दा हालको मन्दिर भएको ठाउँमा एक काला पुरूषले गाईको दूध चुसिरहेको देखे।
रिसले आगो भएका सुदर्सन ब्राह्मणले काला पुरूषको शिर छेदन गरिदिए। शिर छेदनपछि ब्राहम्णले कालो पुरूषमा भगवानको रूप देखे। मैले भगवानको शिर काटे भनेर ब्राह्मण पछुताउन थाले र आफैले आफैलाई मार्न थाले।
भगवान विष्णुले मर्नबाट रोक्दै भने, 'परापुर्वकालमा देव र असुरबीच युद्ध भएका थियो। जसमा तिम्रा पूर्वी श्रीमतीले दानवको पक्ष लिएकी थिइन्। उक्त दानव दुवैतर्फको ज्ञान भएका र कसैले हराउन नसकने अद्भुत क्षमतावान पुरूष थिए। तसर्थ, बाध्य भएर मैले उनको हत्या गरे। त्यस समय उनका गुरू संकराचार्य सँगै थिएँ। उनले मलाई श्राप दिए। उक्त श्रापबाट मुक्त हुन जब स्मृति ब्राह्मणका शाखा सन्तानले तिम्रो शिर छेदन गर्छ। तब तिमी ब्राह्मण हत्या श्रापबाट मुक्त हुनेछौं। आज म श्राप मुक्त भएँ। अब तिमीले मेरो शिर जोड र पुजारी बनेर मेरो पूजा गर्नु।'
ब्राह्मणले त्यहाँ मूर्ति स्थापना गरी पूजा गर्न थाले। चांगुनारायण मन्दिर पगौडा शैलीमा निर्माण भएको छ। यस मन्दिरमा काठ र इँटाको प्रयोग भएको छ। मन्दिरको पेटी एक तलाको छ भने मन्दि दुई तले छ। यस मन्दिरमा भएका टुँडालहरूमा तीन तह बुट्टा कुदिँएका छन्। पहिलो तहमा रूख लहरा, दोस्रो तल्लामा मुख्य देवता शिव र विष्णु तथा तेस्रो तहमा मानिस र पशुपन्छीका मूर्ति कुदिँएका छन्।
मन्दिर प्रांगणमा छिन्नमाता र किलेश्वर मन्दिर तथा अनय मूर्तिहरू स्थापना गरिएका छन्। यस मन्दिरमा प्रत्येक बुधबार भोग लगाइन्छ भने वार्षिक रूपमा विभिन्न चाडपर्वमा मेला तथा जात्रा लाग्छ। जस्तो: वैशाख महिना नागपञ्चमी, तिज हरिवोधनी हरिसयनी एकादसी, कृष्ण अष्टमी, श्रावण शुक्ल पूर्णिमा, फागु पूर्णिमा, आदि।
(कश्यप गौतम मोडर्न इन्डियन स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)