सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मलाई मेरो देश नेपाल धेरै राम्रो लाग्छ। यो कुरा मैले विदेशी भूमि आएपछि अझै धेरै बुझेँ।
नेपाल हुँदा आफन्तले विदेशको कुरा गर्दा सफा बाटो, ठूला घरको फोटो पठाउँदा मलाई पनि घुम्न जान मन लाग्थ्यो। म मेरो आमाको पढाईका कारण सन् २०२३ मा जापानको टोकियो सहर आएँ। यहाँ आएपछि यही सहरको नेपाली विद्यालयमा पढ्छु।
जापान नेपाल भन्दा धेरै विकसित छ। मेरो अपार्टमेन्टबाट १ घण्टा ५० मिनेट टाढा तीनवटा ट्रेन परिवर्तन गरेर म एक्लै विद्यालय जान्छु। तर पनि धेरै सुरक्षित छु। यहाँ रात वा दिनमा एक्लै हिँड्न डराउन पर्दैन।
मैले जापान आएर धेरै कुरा सिकेको छु। यहाँ म आफुलाई चाहिने लुगा, कपडा, घरको ग्रोसेरी र आफ्नो पढाइको लागि चाहिने सबै सामान एक्लै गएर किन्न सक्छु। अरू पश्चिमी देशहरूमा जस्तो बच्चाहरूलाई एक्लै छोड्न नपाइने भन्ने जपानमा छैन।
जपानमा बच्चाहरू एक्लै ट्रेन चढेको प्रशस्त देखिन्छ। यहाँ सफा भएर हिँड्नुपर्छ। मानिसहरूले त्यति चप्पल लगाएको देखिन्न। सबैले जुत्ता लगाएर हिँड्छन्।
जपानमा भूकम्प आइरहन्छ। सुरूमा नेपालबाट आउँदा अलि डर लाग्थ्यो तर अहिले वास्ता लाग्दैन। मान्छे हिँडिराख्छन्। अलि ठूलो आउँदा भने मोबाइलमा ‘भूकम्प’ भनेर अलार्म बज्छ। सबै कुरा जापानमा राम्रो हुँदाहुँदै पनि नेपाल त्यो भन्दा राम्रो छ।
हाम्रो देशको हावापानी धेरै राम्रो छ। मैले जापानको जेन्डर इनइक्वालिटीको बारेमा रिसर्च गरेको थिएँ। द ग्लोबल जेन्डर ग्याप इन्डेक्स, २०२३ अनुसार १ सय ४६ देशमा नेपाल १ सय १६ मा परेको रहेछ। जापान नेपाल भन्दा पछाडि १२५ मा रहेछ। मलाई अचम्म लाग्यो।
यति धेरै विकासित भए पनि जपानमा जेन्डर ग्याप नेपालभन्दा धेरै रहेछ। किन भनेर मलाई जान्न मन लाग्यो। मैले इन्टरनेटबाटै थाहा पाएँ।
जापानमा सब्जी र फलफूल धेरै महँगो छ। सुपरमार्केटमा सानो प्याकेटमा तरकारी र फलफूल राखिएको हुन्छ। यहाँको जापानी विद्यालयमा धेरै अनुसन्धान गर्ने चलन रहेछ। मेरो भाइ जपानी विद्यालय जान्छ र तीन कक्षामा पढ्छ। विद्यालयले उसलाई ल्यापटप दिएको छ। उसले सबै कुरा ल्यापटपमा खोज्छ।
म पढेको विद्यालयमा सबै नेपाल जस्तै गरेर पढाई हुन्छ। सफाईको नियम जापानको जस्तै छ। स्कुल विदा भएपछि पालैपालो सफा गरिन्छ। मेरो हप्तामा एकपटक सफा गर्ने पालो पर्छ। यो चलन मलाई मन पर्यो।
यहाँ नेपाली खानेकुरा जताततै किनेर खान पाइदैन। ट्रेनमा चढ्दा, बैंकमा जाँदा पनि लाइन लागेर जानुपर्छ। त्यस्तै यहाँ अनुशासन धेरै महत्त्वपूर्ण छ। जति राम्रो भए पनि मलाई मेरो देश नेपालकै याद धेरै आउँछ।
(स्यरोन भुर्तेल एभरेस्ट इन्टरनेसनल स्क़ुल, ओगीकुबु, जापानमा कक्षा ९ मा अध्ययनरत छिन्।)