सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
केही महिनाअघि म परिवारसँग एक दिनका लागि गोरखा घुम्न गएको थिएँ।
बिहानको सात बजे हामीले यात्रा सुरू गर्यौँ। हामी कलंकी, थानकोट हुँदै धादिङ नौबिसे पुग्यौँ अनि चिया र खाजा खायौँ।
हामी गफ गर्दै, बाहिरी वातावरण हेर्दै आबुखैरेनी गयौँ। आबुखैरेनीमा हामीले थकाली खाना खायौँ। त्यसपछि हामी गोरखा पुग्यौँ। त्यहाँ 'गोरखा गार्डेन भ्यु' भन्ने होटलमा बस्ने टुंगो गर्यौँ र गोरखा दरबार हेर्न निस्कियौँ।
गोरखा दरबार एकदम सुन्दर र सफा रहेछ। त्यही दरबारमा श्री ५ पृथ्वीनारायण शाह जन्मनुभएको थियो रे। हामीले पृथ्वीनारायण शाहको सालिक पनि देख्यौँ। गोरखा संग्रहालय पनि हेर्यौँ। संग्रहालयमा धेरै किसिमका फोटा थिए।
हामीले भीमसेन थापाको सालिक पनि देख्यौँ। त्यो पनि धेरै राम्रो थियो। सुन्तलाका बोट, हिमाल, पहाड, खोला लगायत धेरै कुरा हामीले देख्यौँ। अन्तिममा हामीले केही फोटा खिच्यौँ र होटलमा बास बस्न गयौँ। भोलिपल्ट खाजा खाएर हामी काठमाडौँ फर्कियौँ।
एक दिनको गोरखा भ्रमण एकदम रमाइलोसँग बित्यो।
(उज्ज्वल ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)