सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
'भविष्यका पाहुना' नामक किताबको लेखक लुसिने अलेक्सेनयन हुन्। किताबको चित्रांकनकर्ता थोमस शाहिन्यान हुन्। यस किताबमा एलन रीव मस्कको जीवनी छ।
एलन मस्कको जन्म १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा भएको हो। उनको सपना उड्ने थियो। उनले आफ्नो सपना साकार बनाए। उनको पिताको नाम एरोल मस्क र आमाको नाम माये मस्क थियो।
मस्क विद्यालयमा सबैसँग मिलजुल गर्थे। केही विद्यार्थीहरू भने उनलाई पिट्थे। उनले पढ्नमा पनि धेरै चाख दिए। आफ्नो घरमा भएको पुस्तकालयको सबै किताब उनले पढिसकेका थिए। उनलाई कम्प्युटरमा पनि चाख थियो। आफ्नो पहिलो भिडियो गेम दश वर्षको हुँदा नै उनले बनाएका थिए। अनि प्रोग्रामिङ भाषा पनि सिक्न सुरू गरे।
मस्कले बिस्तारै आफूले बनाएको खेल बेच्न थाले। सुरूमा बेचेको खेलबाट उनले ५ सय डलर कमाए तर उनले त्यो पैसा खर्च गरेनन्। एक औषधी मार्केटको सेयर किने। त्यो पछि दश गुणा बढ्यो। उनी धेरै सोच्ने भएकाले मानिसहरू उनलाई पागल पनि भन्थे।
हजारौँ किलोमिटरबाट मानिसलाई सम्पर्क गर्न सक्ने प्रविधि पनि मस्कले बनाए। अर्को ग्रहहरूमा जाने पनि सोचे। सन् १९८८ मा उनले विद्यालयको पढाइ सके र क्यानडाको विश्वविद्यालयमा पढे। उनले गरेको पहिलो जागिर आगोमा भएको काठ निकाल्नु थियो जसमा ज्यानको पनि जोखिम थियो। यो काम गर्दा उनले घण्टाको १८ डलर कमाउथे।
पछि उनले व्यवसायी भएर काम गर्ने सोच बनए जसमा उनको भाइले समर्थन जनाए। सन् १९९२ मा एलन मस्क पेन्सल्भानियाँ विश्वविद्यालयमा सरे। सन् १९९५ र १९९७ मा उनी र उनका भाइले 'चिप २' नामक इन्टरनेट कम्पनी स्थापना गरे। उनीहरूले त्यो कम्पनी ३० करोड ८० लाखमा बेचे। त्यसबाट एलनले २ करोड २० लाख डलर पाए।
त्यसपछि उनलाई लाग्यो, 'अब मैले मेरो सपना साकार गर्न सक्छु।'
उनीहरूले पछि 'पे-पाल' भन्ने एउटा इन्टरनेट किने। १८ करोडमा पछि बिक्री गरेपछि मस्क मालामाल भए। सन् २००२ मा उनले आफ्नो तेस्रो कम्पनी 'स्पेस एक्स' बनाए। यो कम्पनीले रकेटहरू अन्तरिक्षमा पठाउँथ्यो। उनले सन् २००४ मा 'टेस्ला मोटर' र सन् २००६ मा 'सोलार सिटी' बनाए। यो गाडी चलाउँदा पेट्रोल चाहिन्थेन। यसैले प्रदूषण नहुने उनको धारणा थियो।
सन् २००८ मा विश्व आर्थिक मन्दीको बेला एलन मस्क झन्डै टाट पल्टिएका थिए। तर उनले आफ्नो हौसला छोडेनन्। सन् २०११ मा उनले वाचा गरेका थिए, 'सन् २०२१ र २०३१ को बिचमा मानिसलाई मगल ग्रह पठाउनेछु।'
उनले अन्तरिक्षमा रकेट पठाउन धेरै पटक प्रयास गरे। धेरैपटक असफल भए पनि कोसिस जारी राखे। एकपटक त उनी सफल पनि भए। उनले टेस्लाको आर भी पनि बनाए। अहिले उनी धेरै सफल छन्। उनको आयु ४७ वर्षको छ।
'भविष्यका पाहुना' किताबले कसरी धनी बनाउने र भविष्यमा धेरै मान्छेले कसरी सम्झिने हुन के गर्नुपर्छ भन्ने सिकाउँछ। त्यसैले यो किताब हामीले पढ्नुपर्छ।
(सुश्रुतराज न्यौपाने न्यू होराइजन सेकेन्डरी स्कुल, बुटवलमा कक्षा ६ मा अध्ययनरत छन्।)