सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता
आमा बिना जीवन पूर्ण हुन्न
तिम्रै कृपाले हिँडिराछु धन्न
नेपाल नेपाल भनेर भन्न
काली र मेची मनभित्र गुन्न।
बाला धानैका लटरम्म फल्दा
सेताम्य अग्ला चुचुरा ती खुल्दा
बतासले लालीगुराँस चुम्दा,
मनै रमायो फेवाताल घुम्दा।
थुंगा मिली हार बनेछ टम्म
देउडा र कौरा सखियाको छम्म
खाडीदेखि बेलायत सम्म
पुग्नेहरू देख्छु म गम्म।
जन्मे यही बुद्ध छन् रे सु-शान्ती,
बस्ती गरामा अब ल्याउ कान्ति
नेपाल आमा नरूनुस् न बिन्ती
मर्दा मलामी बिहेबारी जन्ति।
(बझाङका प्रतिक जोशी हाल न्यू मिलेनियम स्कुल, बहराइनमा कक्षा १ मा अध्ययनरत छन्।)