सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मैले बुटवलको न्यू होराइजन सेकेन्डेरी विद्यालयमा नाम निकालेँ र वैशाख चार गते एड्मिसन (भर्ना) गराएँ। वैशाख छ गते मेरो पहिलो दिनको अनुभव राम्रो थियो।
बिहान जब म बसमा चढेँ, मलाई डर लाग्यो। कसैसँग धेरै बोलिनँ। होराइजन विद्यालय आयो। म गाडीबाट उत्रिएँ। मैले सुनेको थिए कि यो विद्यालय सबैभन्दा राम्रो छ। यहाँका विद्यार्थी धेरै ज्ञानी छन्। होराइजनमा पहिलाको विद्यालय भन्दा धेरै बस र अत्याधिक सामान र गाडी थिए। यहाँको शिक्षकहरू पनि राम्रो लाग्यो। मलाई साथीहरूले धेरै माया गरे र आफ्नो बेन्चमा बस्न आग्रह गरे। म धेरै विद्यालय सरेको थिए तर सबैभन्दा राम्रो होराइजन लाग्यो।
क्लासमा म्यामले हामीलाई चुट्किलाहरू सुनाएर हसाउनुभयो। मेरा नयाँ साथीहरूले मलाई आइस र वाटर खेल्न भने। मलाई पहिलो दिन रमाइलो लाग्यो। होराइजन विद्यालयमा ठूलो ग्राउन्ड थियो। त्यहाँ ब्याडमिन्टन, फुटबल, टेबलटेनिस र भलिबल खेलिन्छन्। होराइजनले धेरै मेडल जितेको छ। मेरो मामुबाबाले धेरै खर्च गरेर मलाई यहाँ पढाउनुभएको छ। त्यसैले मैले मेहेनत गर्नुपर्छ।
यहाँको प्रधानाध्यापकको नाम लोकनाथ उपाध्याय हो। उहाँ मनको सफा हुनुहुन्छ। उहाँले सबै विद्यार्थीलाई आफ्नो नातिनातिनी जस्तै मान्नुहुन्छ। उहाँको दश हजारभन्दा धेरै विद्यार्थी छन् अरे। यहाँका विद्यार्थी डाक्टर र इन्जिनियर भएका छन्। यो विद्यालय मेरो भविष्य राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
सुश्रुतराज न्यौपाने
कक्षाः ६
न्यू होराइजन सेकेन्डरी विद्यालय, बुटबल