सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कथाः
एकादेशमा एक बालक थियो। ऊ निकै फोहरी थियो। ऊ आफ्ना आमाबुवाले भनेको मान्दैनथ्यो। फुर्सद पाउनासाथ धुलोमाटोमा खेलेर आफ्ना कपडा फोहर गर्थ्यो।
एक दिन उसका आमाबुवा खेतबारीमा काम गर्न गएका थिए। उसलाई निकै भोक लाग्यो। उसले घर नजिकै सडकमा हिँडिरहेका मानिससँग खानेकुरा मागेर खाने विचार गर्यो। उसले सडकमा बसेर सबैसँग खानेकुरा माग्यो। उसको फोहोरी रूप देखेर कोही मानिस पनि उसको नजिक आउन चाहेनन्। नजिक आएका कसैले पनि उसलाई खानेकुरा दिएनन्।
ऊ निकै उदास भएर आफ्नो घरतिर लाग्यो। त्यसैबेला उसले छिमेकी बुवाको गोठमा रहेको पुरानो बकसमा फोहरसँगै केही खानेकुरा देख्यो। त्यहाँ रहेका फोहर खाना लुकेर खायो। त्यही बाकसमा निदायो। छिमेकी बुवाले आफ्नो बाकस निकै पुरानो र थोत्रो भएकाले खोलामा लगेर बगाउने विचार गरे। बाकसभित्र फोहर थियो। बालक पनि फोहोरी भएकाले चिनिने थिएनन्। छिमेकी बुवाले उनलाई पनि फोहोर मानेर बगाइदिनुभयो।
खोलाको पानी पर्नासाथ फोहरी बालक निद्राबाट ब्युझियो। आफू खोलामा फालिएको थाहा पाएर रून थाल्यो। उसको आवाज सुनेर छिमेकी बुवा हत्तपत्त खोलामा पसे। फोहरी बालकलाई बग्दै गरेको बाकसबाट बाहिर निकाले। यस घटानापछि उसले सधैं सफा सुग्घर हुने प्रण गर्यो र आफ्नो घर लाग्यो।
शिक्षाः साथीहरू हामी कहिले पनि फोहरी हुनु हुँदैन। फोहोर खानु हुँदैन। फोहोरमा लुक्नु हुँदैन । त्यस्तो गरे हामीलाई पनि मानिसहरूले फोहोर सम्झेर फालिदिन सक्छन्।
(न्यायीका बराली पोखरा ७, मासवारस्थित मारिया मोन्टेश्वरीमा कक्षा २ मा अध्ययनरत छिन्।)