सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कथा:
एकादेशमा एउटा गाउँ नजिकैको जंगलमा एउटा कुकुर बस्थ्यो। उसका कोही साथी थिएनन्। एकदिन उ साथी खोज्दै जंगल हिँड्यो।
उसले अलि पर खरायो देख्यो। खरायो नजिक गएर भन्यो, 'ए खरायो! तिमी मसँग मीत लगाउछौँ?'
खरायोले हुन्छ भन्यो। उनीहरू सँगै हिँड्न थाले। दिउँसो गफ गरे अनि खेले। रात पर्यो अनि दुवै सँगै सुते। रात परेपछि कुकुरको भुक्ने बानी थियो। उ उठेर भुक्न थाल्यो। खरायोले भन्यो, 'ए साथी! तिमी नकाराउ। अहिले ब्वाँसो आउँछ।'
कुकुरलाई यो कुरा ठिक लागेन। उसले मनमनै सोच्यो, 'उ मेरो साथी बन्न सक्दैन। मेरो बानी र उसको बानी मिल्दैन।'
बिहान भयो। कुकुरले खरायोलाई छाडेर हिँड्यो। अलि पर गएपछि उसले ब्वाँसो देख्यो। उसले ब्वाँसोलाई भन्यो, 'ए ब्वाँसो! तिमी मसँग मीत लगाउँछौ?'
ब्वाँसोले हुन्छ भन्यो। उनीहरू पनि सँगै हिँड्न थाले। दिउँसो गफ गरे अनि खेले। रात परेपछि दुवै सँगै सुते। कुकुरले फेरी भुक्न थाल्यो। ब्वाँसोले कुकुरलाई एक झापड हान्दै भन्यो, 'चुप लाग। अहिले मानिसहरूले हामीलाई देख्छन्।'
कुकुरलाई झनै चित्त बुझेन। उसले सोच्यो, 'उ मेरो साथी बन्न सक्दैन। मलाई परेको बेला उसले सहयोग गर्दैन।'
त्यसपछि बिहान उ उठेर गाउँ नजिकै गएर बस्यो। त्यस रात गाउँमा चोरहरू आए। कुकुर बेस्करी भुक्न थाल्यो। गाउँलेहरू उठे। उनीहरू उठेर हल्ला गरेपछि चोरहरू भागे। मानिसहरूले कुकुरलाई स्याबासी दिएर खान दिए। मानिसहरूले कुकुरलाई गाउँमै राख्न थाले अनि भने, 'अबदेखि यसरी नै हाम्रो साथी बनेर बस्नु। गाउँको रेखदेख गर्नु।'
त्यस दिनदेखि कुकुर र मानिस मिल्ने साथी बने।
(आराध्या सापकोटा तनहुँको दमौलीस्थित व्यास दिब्य ज्योति बोर्डिंङ स्कुलमा कक्षा ४ (सी) मा अध्ययनरत छिन्।)