सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
मेरो नाम सौन्दर्य आचार्य हो। म १२ वर्षकी केटी हुँ। यो मेरो जीवनको कथा हो। मेरो परिवारद्वारा दिनुभएको शिक्षा र मैले समाजमा के महसुस गरेको छु भन्ने कुरा म यहाँहरूलाई बताउँछु। मलाई थाहा छ, १२ वर्ष धेरै सानो उमेर हो तर सानो मान्छेका पनि भन्नुपर्ने कुरा हुन्छन् नि है!
म २००९ मा मेरा आमाबुबाकी छोरीको रूपमा जन्मिएँ। मेरा आमाबुवाले मलाई छोरा र छोरी हुनुको फरक महसुस गर्न दिनुभएन। वहाँहरू शिक्षित र आधुनिक मानिस हुनुहुन्छ। मेरी आमाले त झन् संयुक्त राज्य अमेरिकाको एक प्रसिद्ध विश्वविद्यालयबाट स्नातक गर्नुभएको हो। म जन्मिदा वहाँहरू धेरै खुशी र उत्साहित हुनुहुन्थ्यो।
मेरा आमाबुबाले मलाई राम्रो जीवन दिनुभयो। काठमाडौँमा शीर्ष स्कुलमध्ये एकमा शिक्षा दिनुभयो र माया, हेरचाह र स्नेहसँग हुर्काउनुभयो। जब म बाहिरी दुनियाँमा घुलमिल हुन् थाले, मानिसहरूले भन्न थाले कि म केटीजस्तो व्यवहार गर्दिन। उनीहरू ठान्छन् कि म धेरै बहिर्गमन, स्मार्ट र स्वतन्त्रताले भरिएको छु। मानिसहरू म लजालु, संकोच मान्ने र अन्तर्मुखी भएको हेर्न चाहन्छन् किनकि म केटी हुँ।
यो कस्तो विचार हो?
एक बालिकालाई समाजले प्रोत्साहन र आशिष दिनुपर्ने हो। तर समाजका यी मापदण्ड झन् काठमाडौंजस्तो आधुनिक सहरमा छ। जब मेरो महिनावारी भयो मानिसहरूले मलाई भान्छा परिसर र मन्दिरबाट टाढा रहन भन्नुहुन्थ्यो। मलाई मेरा आमाबुबाले भने सिकाउनुभयो कि महिनावारी हुनु भनेको मानव शरीरको सामान्य प्रक्रिया हो। यसले सरसफाईसँग मात्र सम्बन्ध छ। त्यसो भए समाजले केटीहरूलाई किन यति धेरै कुरामा रोक लगाएको? के यो गलत हैन?
महिलाहरूको विकासका लागि समाजमा धेरै परिवर्तन जरूरी छ। भोलि म एक महिला बन्नेछु। र म सफल हुन चाहन्छु। म एक जान्ने मान्छे बन्न चाहन्छु। म चाहन्छु कि समाजले मेरो उपलब्धिको सम्मान गरोस्। यी मापदण्डहरू म र मेरो विकासको बाधा हुनसक्छ। त्यसैले म बलियो हुन र यी मिथकहरूको विरूद्ध लड्न चाहन्छु। मेरा आमाबुबा, विशेषगरी मेरी आमा मेरो समर्थनको स्तम्भ हुनुहुन्छ। त्यसैले म सबै आमाबुबालाई उनीहरूको छोरीलाई पूर्ण समर्थन, स्वतन्त्रता, उत्तम शिक्षा, माया र परिवारबाट अपार सहयोग दिएर सक्षम र सबल बनाउन अनुरोध गर्छु।
अन्त्यमा म जोड दिन चाहन्छु कि कुनै बच्चा केटीको रूपमा जन्माउनुभएकोमा नपछुताउनुहोस्। बरू गर्व गर्नुहोस्।
(सौन्दर्य आचार्य यूरो स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)