सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
वैशाख १० गते म र मेरो साथी उज्ज्वल फनल्यान्ड गयौँ। हामी आमाबुवासँग गएका थियौँ। मेरो सानो भाइ परीक्षित पनि हामीसँगै गएको थियो। फलल्यान्ड भद्रकाली भन्ने ठाउँमा रहेछ। हामी निकै नै उत्साहित थियौँ।
त्यहाँ धेरै प्रकारमा खेल खेल्न मिल्ने रहेछ। टिकट लिएर हामी भित्र गयौँ। हामीले आइस स्केटिङचाहिँ गरेनौँ। अरू धेरै खेल खेल्यौँ। हामी ट्रयाम्पलिङमा धेरै रमायौँ। खुब उफ्रियौँ । डोरीमा चढ्ने खेल पनि खेल्यौँ। बुल (गोरू) मा चढेर घुम्ने खेल खेल्दा हामी अलिक डरायौँ। मेरो सानो भाइ (१३ महिनाको) पनि खुब रमाइरहेको थियो।
माथिल्लो तलामा सिक्का राखेर खेल्न मिल्ने खेल रहेछन्। हामीले केही खेल त्यहाँ पनि खेल्यौँ अनि निस्कियौँ। त्यसपछि हामीले सुनधारा नजिकैको सुप्रिम क्याफेमा गएर खाजा खायौँ। बबल टी निकै मिठो भयो। मःम पनि निकै मिठो भयो। त्यसपछि हामी आ-आफ्नो घर फर्कियौँ। फनल्यान्ड निकै रमाइलो रहेछ।
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)