सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
पुस्तक: सुपर आमा। कथाकार: अनुराधा। चित्र: उज्ज्वल तामाङ।
पुस्तक समीक्षा:
सुपर आमाको कथामा तीनजना पात्र छन्। उनीहरू – मुनमुन, डेनी र आमा हुन्।
एक दिन मुनमुनको कक्षामा नयाँ विद्यार्थी डेनी आउँछ। डेनीले आफ्नो परिचय दिँदा उसले आफ्नो आमालाई सुपर आमा भन्छ। त्यो कुराले मुनमुनको मन छुन्छ।
मुनमुनले घर गएपछि सोच्छ, 'मेरो आमा त सुपर आमा होइन। मेरो आमा अरू आमा जस्तै छिन्। सुपर आमा हुन त मास्क लगाउन पर्छ, उड्न पनि सक्नु पर्छ।'
मुनमुनलाई आफ्नो आमा सुपर आमा नभएकोमा रून मन लाग्छ। डेनीको जन्मदिनमा बल्ल मुनमुनले बुझ्यो कि सबै आमा सुपर आमा हुन्छन्।
यो कथा मलाई धेरै मन पर्यो किनकी आमाहरूले सुपर काम गर्ने रहेछन्।
नाम: यूदाइ उ राउत
स्कुल: सम्पदा स्कुल, सानेपा, ललितपुर
कक्षा: ४