सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
आहा! फूलबारी त रंगीचंगी नै राम्रो
फूलमा बसेका मौरीहरूको भुनभुनै राम्रो
ती साना मौरीको झुन्ड नै कति राम्रो
पखेटा फिँजाइ भुर्भुर गर्ने चराको चिरबिरै राम्रो
सूर्यको किरणले स्पर्स गर्दा सानो सुनको सहर
यसको भ्रमण गर्न त लाग्दो हो सबलाई रहर
मौरी पनि त्यही डुल्छ भमरा नि त्यही
मयूरको नाँच र कोइली गाना नि त्यही
रंगीन पुष्पले छ यसको शोभा सौन्दर्य बढाएको
धेरै हुँदैनन् फर्केको मानिस निर्हत्ता रहेको
सयपत्री गोदावरी जस्ता फूल छन् अनेक थरीका
फूलको सौन्दर्यले मोहित गरिदिन्छ सबै उद्यान्न भरीका
चन्द्रमाको शीतलता पाउन यही गए नि हुन्छ
यहाँको चिसो तातो हावाले मन सबैको छुन्छ
संसार नै हुन्छ हर्षित राखेमा यसलाई स्वच्छ
फूल यहाँको सबै राम्रो नठानौं कसैलाई तुच्छ।
(प्रतीक भण्डारी बुढानीलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)