सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
स्वर्गजस्तै सुन्दर छ मेरो देश नेपाल
फैलिएको पूर्व-पश्चिम तराई पहाड हिमाल।
पौरखी र मेहेनती नेपाली हुन् जान
सगरमाथा, लुम्बिनी हो नेपालको शान।
धेरै भाषा धेरै जति फूल रङ्गरङ्ग
नेपालीको स्वाभिमानी बानीदेखि दङ्ग।
डाँफे, मुनाल, कोइलीले वनमा गीत गाउँदा
मन मेरो त्यसै खुसी देशभरि घुम्दा।
देश हाम्रो मातृभूमि आमा सामान हुन्छ
देशको लागि काम गर्ने व्यक्ति महान हुन्छ।
नेपाली हौ नेपालको इज्जत गर्नु पर्छ
हामी सबै मिलिजुली देश बनाउनु पर्छ।
आफ्नो देश सबैलाई प्राणभन्दा प्यारो
देश सबै नेपालीको हुन्न तेरो-मेरो।
नेपालको नेपाली हुँ गर्व सधैं यसमा
मेरो देश प्यारो देश राख्छु सधैं मनमा।
(अभिप्षा पोख्रेल फ्यूचर स्टार्स हाई स्कुल, जावलाखेलमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com