लन्डनको पर्यटकीय केन्द्र ‘काम्देन बजार’मा भीषण आगलागी, नियन्त्रण प्रयास जारी


गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लन्डन सहरमा सोमबार फेरि यस्तै आगलागी भएको छ। लन्डनको काम्देन बजारमा यस्तै आगलागी सोमबार बिहानैदेखि जारी रहेको छ। उक्त बजारभित्र करिब एक हजार वटा पसल रहेका छन्।

उक्त बजारमा सोमबार एका बिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ । सो बजार एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि ह ।

आगलागी नियन्त्रणमा लिनका लागि करिब ७० वटा अग्निनियन्त्रकले काम गरिरहेका छन् । त्यस्तै अरु सयौँ सैनिक खटाइएका छन्।

उक्त बजारमा सयौँ पसले रहेकामा उनीहरुको अवस्थाका बारेमा खोजी जारी छ। ती पसलमा बिहानैदेखि चहल पहल हुने गर्दथ्यो।

त्यसैले यहाँको मानवीय क्षतिको बारेमा पनि कुनै जानकारी दिइएको छैन। तर यस विषयमा जानकारी लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। सोही बजारमा सन् २००८ मा पनि यस्तै भीषण आगलागी भएको थियो । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.