लन्डनमा मुस्लिमहरूमाथी प्रतीशोधपूर्ण आक्रमण

लन्डनमा मुस्लिमहरूमाथी प्रतीशोधपूर्ण आक्रमण

आक्रमणकारी वेल्स कार्डिफको ड्यारेन ओस्बर्न भएको खुलासा


एक जनाको मृत्यु र झन्डै एक दर्जन मुस्लिम हरुलाई घाइते पार्ने गरी लन्डनमा भ्यान आक्रमण गर्ने व्यक्ति बेलायत वेल्सको ड्यारेन ओस्बर्न रहेको खुलासा भएको छ। कार्डिफ शहरको वासिन्दा रहेको बताईएको उक्त आक्रमणकारीले  लन्डन फिन्सबेरी पार्कको मस्जिद बाट प्रार्थना गरेर फर्किदै गरेका मुस्लिम धर्म अनुयायीहरुको भिडमाथी अन्दाधुन्द  आफ्नो गाडी जोताएको थियो।

बेलायत सरकारले घटनालाई आतंकवादी  आक्रमणको संज्ञा दिएको छ। बेलायती प्रधानमन्त्री टेरेसा मे ले स्थानीय मुस्लिम धर्म गुरुहरु संग भेट गर्दै बेलायतमा मुस्लिमहरु माथीको यो आक्रमणलाई दानवी घृणाको उपज बताएकी छन।

आक्रमणकारीलाई घटना लगत्तै स्थानीय व्यक्तिहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीले आक्रमणकारी लाई  नियोजित हत्या तथा आतंकवादी गतिविधीको अभियोगमा तत्काल गृहप्तार गरेको छ।

मुस्लिम अतिवादीहरुले हालैका दिनमा बेलायतमा शृंखलावद्द  आक्रमण गरेपछी प्रतिशोधको रुपमा यो घटना भएको आँकलन गरिएको छ। बेलायतमा आतंकवादी गतिविधी तथा आक्रमण बढ्दै जाँदा बदलाको भावना स्वरूप भएको यो घटनाले यहाँको मुस्लिम समुदायमा त्रास उत्पन्न भएको टिप्पणी कतिपय मुस्लिम गुरुहरुले दिने गरेका छन।

सामाजिक सद्भाव र सन्तुलन खल्बलिन सक्ने भन्दै उनीहरुले आम मुस्लिम समुदायलाई उत्तेजित नहुन अनुरोध गरेका छन्। तथ्यांकहरुका अनुसार बेलायतमा ३० लाख भन्दा बढी मुस्लिम धर्म मान्ने मान्छेहरुको वसोवास रहेको छ जुन यहाँको जनसंख्याको झन्डै ५ प्रतिशत हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.