लण्डनको आगलागीमा हराइरहेका ५८ जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका – Setopati Nepal's Online Newspaper

लण्डनको आगलागीमा हराइरहेका ५८ जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका

लन्डनको २४ तले भवनमा मंगलबार राति भएको अागलागी। तस्बिरः एजेन्सी


बेलायतको लण्डन स्थित ग्रेनफल टावरमा गत बुधबार भएको भिषण आगलागीमा हराइरहेका ५८ जना व्यक्तिहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। ‘हराइरहेकाहरुको मृत्यु भएको मात्र होइन आगलागिमा मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने समेत देखिएको छ।’ लण्डन प्रहरीले बताएको छ। प्रहरीले बताए अनुसार आगलागीवाट करिव ७० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

आगलागीबाट क्षतिग्रष्त टावरको भग्नावशेषमा खोजी र उद्दार कार्यजारी रहेको प्रहरीले जनाएको छ। टावरमा रहेका फ्ल्याटहरुलाइ सामान्य अवस्थामा फर्काउन अझै हप्तौं लाग्ने पनि जनाइएको छ। ‘अपार्टमेन्टहरुको अवस्था असामान्य छ। यी सबै फ्ल्याटहरुलाइ समान्य अवसथामा फर्काउन अझै महिनौ लाग्न सक्छ।’ उद्दारमा संलग्न सुरक्षा अधिकारीहरुले बताएका छन्।

अनुमान भन्दा बढी संख्यामा मानिसहरु मरेको सुरक्षा अधिकारीहरुले बताउँदै गर्दा यता प्रधानमन्त्री थेरेसा मेले पिडित परिवारलाइ दिइएको राहत पर्याप्त नभएको स्विकारेकी छन्। ‘सुरुवातमा पिडित परिवारलाइ राहतमा केही कमी भएको छ। यसलाइ अझ कसरि बढाउने र ब्यवस्थापन गर्ने भन्ने तिर हामी संवेदनशिल छौं।’ आगलागीबाट घरबार बिहिन हुन पुगेका परिवार संग भेटघाट गरेपछि धानमन्त्री थेरेसा मेलेले एक कुरा वक्तव्य सार्वजानिक गर्दै यसतो बताएकी हुन। धानमन्त्री थेरेसा मेलेले जारी गरेको वक्तव्यमा बताइएको छ ‘अब राहत र सेवालाइ पर्याप्त र प्रभावकारी बनाइने छ।’

सरकारले पिडितहरुलाइ प्रदान गरेको राहत कम र अपर्याप्त भएको भन्दै प्रधानमन्त्री धानमन्त्री थेरेसा मेको आलोचना हुँदै आएको थियो। आगलागी पिडितले प्रधानमन्त्री मेसंग भेटमा समेत राहत सयोग थोरै र अस्तब्यस्त रहेको गुनासो गरेका थिए। ‘राहत बितरण कार्य सुरुमा निकै अस्तव्यस्त र अपर्याप्त थियो।’ घटनाको ४८ घण्टा पछि प्रधानमन्त्रीसंग करिब साढे दुई घण्टा सम्म आगलागी पीडितहरुका आवश्यकता र मागका बारेमा भएको छलफलपछि सरकार सहयोगी रहेको आगलागी पीडीतहरुले बताएका थिए।

लण्डनको प्रहरी एवं प्रशासनले घटना भएको टावरबाट भागेर बाँच्न सफल भएकाहरु सम्पर्कमा आउन आग्रह गरेको छ। हराइ रहेका व्यक्तिहरुको खोजी जारिरहेको र आगामी आइतबार टावर भित्रको भिडियो र फोटोहरु सार्वजनिक गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.