पोर्तुगलमा नेपाली महोत्सव


पोर्तुगलमा पहिलो पटक नेपाल महोत्सव आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, पोर्तुगलले आयोजनामा गर्न गईरहेको नेपाली नयाँ वर्ष २०७५ को पावन अवसरलाई मध्यनजर गरि आयोजना हुन गइरहेको हो।

नेपाली लोक संस्कृती कला झल्कने तथा नेपाली खानाको परिकार महोत्सवमा राखिने छन्।

वैसाख २ गते आयोजना हुने महोत्सवमा निकै धेरै नेपालीको सहभागीता हुने अनुमान आयोजकले गरेको छ।

महोत्सव नेपालीद्वारा पोर्तुगालमा आयोजित सबैभन्दा ठूलो महोत्सव हो। लिस्बनको मार्तिम मोनिज पार्कमा हुने महोत्सवले नेपाली संस्कृतिको प्रचारमा टेवा पुग्ने आयोजकले जानकारी दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.