बमलाई खेलौना सम्झेर खेलाउँदा विस्फोट, चार बालबालिकाको मृत्यु


उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई र अन्य दुई जना छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किएको थियो ।

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका समाचारमा जनाइएको छ ।

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय छन् । रासस/सिन्ह्वा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.