ओमनको मस्कटस्थित नेपाली दुतावासले त्यहाँ कार्यरत श्रमिकहरुसँग ४ आग्रह गरेको छ।
भिसाको अवधि सकिएर वा अन्य कारणले अवैधानिक भएका नेपालीलाई बैधानिक बाटोबाट नेपाल फर्कन, अवैध ढंगले बसोबास नगर्न दुतावासले आग्रह गरेको हो ।
त्यस्तै कार्यरत रहेको कम्पनी छाडेर नभाग्न तथा केही समस्या भए दुतावासमा सम्पर्क गर्न द्तावासले आग्रह गरिएको राजदुत शर्मिला पराजुलीले जानकारी दिइन।
दुतावासले समस्या सुनुवाइका लागि ७१५९२४९० हट लाइन व्यवस्था गरेको छ। साथै दुतावासले श्रमिकहरुको समस्या सुन्नका लागि अन्तर्क्रिया लगायतका कार्यक्रम अघि सारेको छ।