कोरियाको राजधानी सोलको खुल्ला हलमा घन्कियो नेपाली संगीत साथमा फेसन शो


कोरियाको राजधानी सोलको खुल्ला पार्कमा नेपाली संगीत घन्किँदा कोरियन तथा विदेशीले निक्कै चासोका साथ अवलोकन गर्नुका साथै सांकेतिक मनोरञ्जन लिएका छन्। नेपालको पर्यटन प्रवर्दन तथा नेपालको बहुभाषिक संस्कृति, भेषभुषा कोरियन माझ देखाउने उद्धेश्यले राजधानी सोलस्थित मानोरोए पार्कको खुल्ला हलमा गत आइतबार नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोन्सिकले) आयोजना गरेको नेपाली सांस्कृतिक एवम् मैत्री दिवस २०१७ नामक कार्यक्रममा कोरियनले भरपुर मनोरञ्जन लिएका थिए।

बिहान दश बजेबाट सुरू गरिएको कार्यक्रममा नेपालको विविध संस्कृति, कला र भेषभुषा झल्किने प्रस्तुति नेपाली विद्यार्थी पस्केका थिए। झण्डै ६ घण्टासम्म चलेको कार्यक्रममा नेपालीले कला र संगीत मार्फत नेपाल पर्यटकीय दृष्टिकोणले विश्वमै सुन्दर र भ्रमण गर्न लायक रहेको सन्देश कोरियन र त्यहाँ आएका विदेशी आगन्तुकलाई दिन भ्याएका थिए।

कार्यक्रममा नेपाली वाद्यवादन जस्तै बासुरी र मादल बजाएर कार्यक्रमलाई आर्कषक तुल्याइएको थियो भने विभिन्न जातजातिको भेषाभुषा पनि फेसन सो मार्फत प्रस्तुत गरिएको थियो। प्रस्तुति दिन स्टेजबाट आमन्त्रण गर्दा नेपाली र कोरियन दुवै भाषा प्रयोग गरिएको थियो। जसले कुन भाषा र संस्कृतिको नृत्य र कला हो भनेर कोरियनलाई स्पष्ट पारेको थियो।

कार्यक्रम हेर्न आएका एक कोरियन नागरिकले आफू नेपालको सुन्दर हिम श्रृखंला, शान्तिका अग्रदुत गौतम वुद्धको जन्मस्थलबाट मोहित भएको र आठ पटक भन्दा बढी नेपालको भ्रमण गरिसकेको बताए। विश्वको कुनै पनि ठाउँमा रहेको मानिसले मर्नु अघि एक पटक नेपाल भ्रमण गरे जन्म लिएको सार्थक हुने बताएका ति कोरियनले नेपालको पर्यटन प्रचार प्रसारमा नेपाल सरकार गम्भीर हुनुपर्ने बताए । उनले नेपालका पदमार्ग तथा पर्यटकीय क्षेत्रमा जाने सडक मार्ग र भौतिक पुर्वाधारको विकास गर्नुपर्ने र कोरियाको राष्ट्रियस्तरको मिडिया मार्फत पर्यटन प्रचार गरे नेपालमा कोरियन पर्यटकको ओइरो लाग्ने बताए ।

यसैगरी आयोजक सोन्सिकका सभापति आर्जना श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र नेपाल विविधतामा एकता भएको मुलुक भएको सन्देश दिन कार्यक्रमको आयोजना गरिएको बताइन्। कोरियामा अध्ययन गर्न आउने विश्वका अन्य मुलुकका विद्यार्थी संस्थालाई भन्दा नेपाली विद्यार्थी समाज सोन्सिकलाई कोरिया सरकारले महत्व र उत्कृष्टको रुपमा लिएको उनले बताइन्। जसका कारण सोल महानगरपालिकाले नेपालको संस्कृति कोरियन माझ पुर्‍याउन कार्यक्रमको प्रयोजन र हौसला दिएको आयोजक सोन्सिकले बताएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका नवनियुक्त महामहिम राजदूत अर्जुन जंगबहादुर सिंहले पनि सोन्सिकको कार्यक्रम सह्रानीय भएको र भूकम्पले थिलिएको नेपालको पर्यटन व्यावसाय तथा नेपालमा कोरियन पर्यटक वृद्धि गर्न दूतावासले आगामी दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने बताए।

कार्यक्रममा दूतावासका उपनियोग प्रमूख किरण शाक्य, गैरआवासीय नेपाली संघ एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री, पूर्व अध्यक्ष के.पि सिटौला, विनोद कुँवर लगायतको उपस्थिति थियो।

यद्यपी नेपालको पर्यटन प्रचारका लागि गरिएको कार्यक्रम निकै उत्कृस्ट रहेको भए पनि यहाँका  नेपाली संघसंस्थाको उपस्थिति भने न्यून थियो।

नेपाल सुन्दर शान्त र पर्यटकीय देश रहेको भनि विश्व सामू सन्देश र चिनाउने प्रयास अन्र्तगत गरिएको सो कार्यक्रमलाई नेपाली राजदुतावास र नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो भने सोल महानगरपालिकाले प्रायोजन समेत गरेको थियो ।

बिदेशमा अध्यनको शिलशिलामा आएका बिधार्थीहरुले ब्यस्तताको बाबजुत पनि यसरि नेपाल चिनाउने तथा परेटन विकासमा टेवा पुर्‍याउने उत्कृष्ट  कार्यक्रमको आयोजक  नेपाली विद्यार्थी समाजको उपस्थिति कोरियन तथा  अन्य बिदेशी नागरिकले समेत  खुलेर प्रसंसा गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.