एनआरएन चन्दा माग्ने मात्र संस्था हो?


डेनमार्क डवली नामको एक सामाजिक अभियानले ‘अब को एक एन आर एन ए डेनमार्क कस्तो हुनु पर्छ?’ भन्ने प्रश्न केन्द्रमा राखेर एक सार्वजनिक वहस को आयोजना गर्यो। सामाजिक  सँघ संस्थाहरु, राजनैतिक दलका प्रवास ईकाईहरु तथा सामाजिक  अगुवाहरु र एन आर एन डेनमार्कका वर्तमान, निवर्तमान र भुभू अभियन्ताहरु गरेर करिव २ दर्जनले आफ्नो कुराहरु राख्ने।

एन आर  एन ले गर्नै पर्ने २ वटा कामहरु के के हुन? र एन आए एन ए डेनमार्कले गर्नै नहुने कामहरु के के हुन? भन्ने प्रश्नमा  केन्द्रित भएर वक्ताहरुलाई वोल्न आब्हान गरिएको ऊक्त कार्यक्रममा वक्ताहरुले अत्यन्तै महत्वपुर्ण सवालहरु ऊठाए।

एन आर एन ए मा दलगत राजनितीको चरम शिकार

एन आर ए को चुनावको वेला प्रवासको रौनक नेपालको स्थानिय चुनाव वा राष्ट्रिय चुनावको भन्दा फरक हुन्न। मात्र फरक भनेको पात्रहरुको हो। देशवाट परिश्थिति जन्य अवस्थाले वाहिरिनु परेको कारण वताऊनेहरुनै देशको राजनितीक सिको विदेशमा गरिरहेका हुन्छन।  यसको प्रमुख शिकार भनेको प्रवासीहरुको साझा संस्था एन आर एन मा प्रत्यक्ष परेको छ। दलका भातृ संगठनहरु एन आर एनलाई सरकार ठान्छन र यस्को नेतृत्व हत्याऊन भर मग्दुर साम दाम दन्ड भेदको निती अपनाऊछन। हर तरहका तिकडम वाजिहरु गर्ने गर्छन ।

भातृ संगठनबिच पदको वाँडफाँड गर्ने, चुनावना नेपालकै चुनाव जस्तै संगठन तहमा तालमेल गर्ने, संगठनवाट को पठाऊने को नपठाऊने भनेर माईनुटिङ नै गर्ने जस्ता क्रियाकलाप यसका प्रत्यक्ष ऊदाहरण हुन। निर्वाचन समिती वनाऊदा आफ्ना नजिकका वा संगठन नजिककला मानिसहरु राख्ने, निर्वाचन सम्वन्धी जानकारीहरु सवैको पहुँचमा पुग्ने गरु समयमा  शंप्रेशण नगर्ने।  आफु अनुकुल निर्वाचन तालिका निकाल्ने, फेरवदल गर्ने जस्ता क्रियाकलापहरु पनि राजनैतिक हस्तक्षेपकै परिणामहरु हुन।

देशमा हुँदा नै यस्ता गतिविधीवाट आजित भएर प्रवासिन वाध्य  सर्वसाधारण एन आर एन एमा  हुने ऊही प्रकृती र किसिमका अनावश्यक क्रियाकलाप देखेर   संस्था प्रति सकरात्मक वन्न सकीरहेका छैनन। यसकै कारण हुन सक्छ  एन आर एन को सदस्यता लिन डेनमार्कमा धेरै जनाले ईन्कार गर्ने गरेका छन।

धुर्मुश सुन्तली फाऊन्डेशनलाई दिल खोलेर सहयोग गर्नेहरुले एन आर एन लाई किन मुठ्ठी कसे?

एन आर एन ले गर्ने कुनै पनि आर्थिक सरोकारका विषयमा समयमा समाजलाई हिसाव किताव देखाऊन नचाहानु, नसक्नु एन आर एन ए प्रति वितृष्णा जाग्ने प्रमुख कारण हो। आफुले गरेको आर्थिक सहायता  को सुपयोग भएको छ कि छैन भन्ने प्रश्न गर्नु  सहायता गर्नेको हक हो भने यो सवालमा जवाफ दिनु एन आर एन को जिम्वेवारी हो।

कुनै कार्यक्रमको हिसाव किताव हेर्न वा सुन्न २/२ वर्षमा हुने अधिवेशन कुर्नु पर्ने कुरा अव्यवहारिक  छ। यसले एन आर एन प्रति सर्वसाधारणको अविश्वासको खाडल अझ वढाएको छ। यिनै प्रवासी नेपालीहरु हुन जो धुर्मुस सुन्तली फाऊन्डेसनका ३/३ वटा प्रोजेक्ट मा करौडो सहयोग गरे, तर आफ्नै अभिभावक संस्था एन आर एन को ऊस्तै प्रकृतीका परियोजनामा सहयोग गर्न भने मुठ्ठी कसे।  यसवाट एन आर एन एको अभियन्ताहरुले सोच्ने कि नसोच्ने?

एन आर एन चन्दा माग्ने मात्र संस्था हो?

एन आर एन ले ल्याएका कार्यक्रमहरु प्राय चन्दा ऊठाएर मात्र गरेको देखिन्छ। कुनै पनि कार्यक्रम गर्न आर्थिक चाहिन्छ त्यसमा दुईमत छैन। जति चोटी कार्यक्रम गर्यो त्यतीनै चोटि चन्दा माग्नु र कुनै निश्चित कोष वनाएर कोषको विवेकपुर्ण परिचालन गर्नुमा फरक पर्छ।

अहिले मानिसहरुलाई मनमा के परिसकेको छ भने एन आर एन को कुनै राम्रो कार्यक्रम आयो भने पनि अव एन आर एन ले कति चुना लाऊने भयो है  भन्ने कुरा मनमा गढी हाल्छ। सर्व साधारणमा आऊने यस्ता किसिमका नकरात्मक  धारणा कसरी हटाऊने भन्ने अहिलेको एन आर एन को चिन्ताको विषय हुनु पर्छ?

विधानका कुरा ब्यवहारमा किन लागु हुँदैनन?

गतसाल कोपनहेगनमा भएको युरोप क्षेत्रिय बैठकमा कोपनहेगनकै एन अल्पदृष्टि भएकि अनुजा गौतम र ऊनको कलर फुल स्याडो मुभमेन्टको चर्चा परिचर्चा चुलियो। एनआर एन डेनमार्कका अभियन्ताहरुले तिसौं लाखौंको सहयोगको प्रतिवद्दता व्ययक्त गर्नु भयो।

पत्र पत्रिका , अनलाईन मेडिया तथा सामाजिक सन्जालमा गौतम तथा ऊनको अभियानको वारेमा समाचार छापिए । तर आज त्यो अभियान कहाँ पुग्यो, के हुदैछ न त एन आर एन डेनमार्कले सार्वजनिक गरेको छ, न त युरोप क्षेत्रिय समिती, न त केन्द्रले नै। वेला वेला प्रतिवद्दता अनुसार रकम पनि जम्मा नभएको र काम हुन नसकेको बेला वेला गौतमको आवाज सुनिन्छ तर ऊनको आवाज वुलन्द वनाईदिने पत्रपत्रिका, अनलाईनहरु, सामाजिक सन्जालहरु नहुदा ऊनको आवाज हावामै विलिन भएर गएको छ।

यसै वर्ष डेनमार्कले २ जना नेपाली सामाजिक अगुवाहरुलाई अकालमा नै गुमायो । डेनमार्कका नेपालीहरु राता विरात खटिए र नऊहाँ हरुको मृत शरिर नेपाल पठाऊन आबश्यक रकम को जोहो गरे।  थोरै नेपालीहरु रहेको सानो समुदायमा त्यती ठूलो रकम जुटाऊन एन आर एन डेनमार्क लगायत का सवै सँघ संस्थाहरुले काँधमा काँध मिलाए ।

त्यही दुख को घडीमा भए पनि  एक जना सामाजिक अभियन्ताले आवाज ऊठाए, युरोप स्तरीय तथा केन्द्रिय तहवाट हामीलाई यस्तो  समस्या परेको वेला के सहयोग आयो त? हामीले सदस्यता वापत केन्द्रमा पठाएको पैसा के मा खर्च हुने हो? यस्तै कुराहरुमा हैन? आवाज त ऊठ्यो तर यसको जवाफ दिने मान्छेको पहिचान भएन।

के देश देशका समन्वय समिती, महादेशिय क्षेत्रिय समीतीहरु तथा केन्द्रिय समितीहरु संगठनको संरचनात्मक वनावटको लागि मात्र हो? एक आपसमा सर सहयोग गर्न होईन, एऊटा गम्भिर प्रश्न ऊब्जाएको छ। र डेनमार्क वासि नेपालीहरु यस प्रश्नको ऊत्तर सम्बन्धित पक्षवाट आऊने आशमा छन।

समाधान कहाँ छ त? 

यावत विध्यमान समस्याहरुका वावजुध पनि एन आर एन ए प्रवासीहरुको निर्विकल्प साझा संस्था हो। पार्टीका भातृसंगठनहरुको जतिनै ठूलो संख्या भए पनि, जत्रो सुकै कार्यक्रम आए पनि सवै को साझा र छाता संघठन एन आर एन ए नै हो जहाँ जो सुकै धर्म, जात, राजनैतिक विचार, क्षेत्रका मानिसहरु बिना भेदभाव अटाऊन सक्छन।

जहाँ  नेपाली का लागि नेपाली भन्ने मुल मर्मलाई मनमा राखेर सामाजिक काममा जो सुकै पनि  लाग्न सक्छन। यस्तो पवित्र ऊदेश्य वोकेको संस्थामा पार्टीगत स्वार्थको लागि कोही छिर्छन् छिर्न खोज्छन भने ढिलो चाँडो आफै नांगिन्छन।

एन आर एन ए लाई एऊटा मन्दिर, गुम्वा, चर्च वा मश्जिद मानेर आफ्नो राजनिती,   जुता चप्पल मन्दिरको ढोका वाहिर खोले झै एन आर एन मा  स्वच्छ मनले आऊनु पर्छ। र स्वच्छ भावनाले काम गर्नु पर्छ  यसमा नै एन आर एन ए संस्था र सम्पुर्ण नेपालीको कल्याण छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.