हरितालिका तीज – Setopati Nepal's Online Newspaper

हरितालिका तीज


पार्वती  र शिवजीको

कथा हराउन थाल्यो

ब्रत – तपस्याको चर्चै छैन

हिन्दीको आइटम डान्समा

पार्टी प्यालेसमा बज्दैछ तीज!!

 

पहिले पहिले ,

माइती र माइतको सम्झनामा

दिदी – बैनी घर आउँदा

कति रमाइलो लाग्थ्यो

बेदनाका गीत  पोखेर

छताछुल्ल नाच्थे र नचाउथे!

 

खै के भो

आजकल त

पार्टी पार्टीका गीत गाउँछन्

पोइल जान पाम् भन्दै

रक्सी र भोड्का पो गाउँछन्

लाजै नमानी हरितालिका मनाउँछन् !!

 

यसैले,

अलिकति फितलो भएको  छ

मरो हरितालिका तीज

विज्ञापन र प्रवेश शुल्कले

महंगा सारी र पहेला गहनाले

गरिबीको घरसम्म पुग्न सकेकी छैन!

 

त्यसैले

तीजै आयो भन्छन्

सबै माइत  जान्छन्

मनैको रहर पुग्यो बरीलै ..

दुःखी -सुखी सबैसँग गाइदेउ

वर्षै पिच्छे पहिले जस्तै भएर आइदेऊ

पार्वती भएर छाइदेउ , शीवजीका गीत गाईदेउ

हरितालिका तीज सबैको घर -घरमा आइदेउ

हरितालिका तीज सबैको घर -घरमा आइदेउ!!

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.