एनआरएनलाई हाम्रो होइन राम्रो बनाऔं


एक दशकभन्दा लामो जिवित इतिहास बोकेको एनआरएनए अष्टेलिया आफैंमा पवित्र छ। यो सबैको साझा संस्था हो। यस्ता धारणा जिम्मेबार जमातमाझ टड्कारो सुनिन्छ। चासो गर्नेहरू कुर्लिन्छन्, आफ्नो लागि पाउनु नै के छ र रु अहोरात्र खटिन्छौं, हजारौं घण्टा आफ्नो जीवनको ऊर्जाशील समय यसै समाजका लागि आहुती गरियो। र, आफूले जोहो गरेको अर्थ आफ्नै छाक काटेर लगानी गरियो समुन्नत समाज निर्माणका खातिर।

हो, यो कटू सत्य हो। तितो यथार्थ पनि हो। तर, पनि सामाजिक सञ्जालमा विद्युतीयरुपमा ढुगांमुढा गर्न एउटा शिक्षित जमात सक्रिय रहेको छ। सो समूहले स्वतन्त्र अभिव्यक्तिको प्रयोग गरेको पनि देखिन्छ। त्यसलाई अर्को बुद्धिजीवी वर्गले संस्थासँग सर्वसाधारले गरेको अपेक्षाले भूमध्यरेखा नाघिसकेको बताउछ।

यस्तो समाजमा मैले जस्तैगरी सैद्धान्तिक रुपमा मात्र साथ दिने पनि छन। म त्यो समूहको प्रतिनिधित्व गर्छु, जसले न त संगठनको प्रचलित प्रणाली नै स्वीकार गर्न सक्ने संयमता अपनाउन सक्यो, न त स्वयं संगठनमा आबद्ध भएर कायापलट ल्याउने संकल्प नै गर्न सकेका छन्। बिडम्बनाको कुरा, हामी अधिकांश पहिलो पुस्ताको प्रवासी जीवन जिउन जिन्दगीसँग नै पौंंठेजोरी खेलिरहेका छौं। अनि आफ्नो दोस्रो पुस्ताको परिचयको सम्भावित संकटको पीडा बोकेर चलेकै छन् जीवन संघर्षहरू।

प्राविधिक पक्ष सैद्धान्तिक अभिव्यक्तिभन्दा अवश्य पनि फरक हुन्छ। एनआरएनए अष्टेलियाका पदाधिकारीहरूले प्राविधिक पक्षहरूसँग वर्षौदेखी घनिष्ठ नाता जोडी सकेका छन्। फलस्वरूप विविध गतिविधिहरू सफल भए र संस्थाले वृहत् कार्यक्षेत्रको दायरा तय पनि ग¥यो। तथापि दुर्भाग्यको कुरा हो, धेरै अष्टेलियाबासी नेपालीहरू एनआरएनए अष्टेलियाका गतिविधिलाई खुलेर स्वागत गर्न सकेका छैनन्।
विविध जमातहरु, जसका बारेमा माथि उल्लेख गरियो ती सम्पूर्णलाई एउटै मालामा गाँस्न सक्नु नयाँ नेतृत्वको लागि चुनौती देखिएको छ। किनकी अष्टेलियामा पाईला टेक्ने विद्यार्थीहरुमा संस्थाप्रति अपनत्व महसुस गराउन सकिएको छैन। जसका कारण अध्ययनपश्चात प्रवासी नेपालीको दर्जा पाइसक्ने बेलासम्म पनि संस्थाप्रति उनिहरुको नैराश्यताको आयतन बढ्दै गएको अनुमान लगाउन सकिन्छ।

यसैगरी, छरपष्ट रूपमा नेपालको राजनीतिक कुण्ठा बोकेका गुट अनि उपगुट हावी हुँदै गर्दा हाम्रा दोस्रो पुस्ताका सन्ततिहरूको परिचय संकटमा पर्ने निश्चित नै छ। तसर्थ पनि नयाँ पिँढीलाई समावेश गर्न सकिने प्रभावकारी सोचको थालनी हुनु जरुरी छ। त्यस्तै, राजनीतिकरणको पराकाष्टाको अन्त्य गरिनु अहिलेको माग हो।

बढ्दो नेपाली समाजमा घट्ने सम्भाव्य घटनाका लागि आपतकालीन समयमा सम्पर्क गर्न सकिने कल सेन्टर र नियमित सम्पर्कको आवश्यकता भइसकेको छ।

चर्कोरूपमा उठेको सदस्यता सम्बन्धि विवाद यसपटकको नयाँ नेतृत्वको कार्यावधिभित्रै समाधान गर्नु जरुरी छ। कसैले पनि फर्जी सदस्यता बनाउन नसकुन भनेर उठेको आवाजलाई पनि लुकाएर लुक्ने अवस्था छैन। यसले नै संस्थलाई प्रभावकारी रुपमा अघि बढाउने छ।
चौरभरि रातो ९कम्युनिस्ट० र हरियो कांग्रेसी भएर हरेक दुई वर्षमा गुट९गुटमा छरिएको देख्नु लाजमर्दो विषय भैसकेको छ। यसको समाधानका खातिर तोकिएको समयभित्र अनलाइनको माध्यम प्रयोग गरेर कुनै पनि स्थानबाट भोटिङ गर्न सकिने अवस्था बनाइयो भने प्रवासमा फुटेको नेपाली देख्नुपर्दैन थियो। साथै, सर्वसाधारणलाई यो व्यस्त दैनिकीमा अतिनै सहज हुने थियो।

धेरैले भनेका पनि छन्, आर्थिक पारदर्शिता धेरै गाह्रो कुरा होइन। हरेक त्रैमासिक अथवा मासिक रूपमा आर्थिक प्रतिवेदन वेवसाइटमा प्रत्येक प्रोजेक्ट ‘ब्रेक डाउन’ सहित राख्ने व्यवस्था मिलाइयो भने जनविश्वासलाई कायम राख्दै समाज सेवामा लाग्न सकिन्छ।
देख्दा झिनामसिना लाग्ने यस्तै प्रयत्नहरु नै हो, हाम्रो समाजले हाललाई खोजेको र चाहेको। अब, नेतृत्व र कार्यसमितिको ईच्छाशक्तिको खाँचो छ। हेर्न बाँकी छ कि अबको कार्य समिती कुन दिशातर्फ अगाडि बढ्छरु

पराजय भोगेका ब्यक्तिहरूले उनीहरूबाट चुनावी अभियानताका उठाइएका विषयहरूको सुक्ष्म अवलोकन गर्नु जरुरी छ। जायज मागहरूको कार्यान्वयनमा अग्रसरता देखाउनु विजयी नेतृत्वको काम हो। र, अहिलेको आवश्यकता पनि त्यही हो। यतिमात्र होईन, समाजका विभिन्न पेशा, व्यवसायी, तह र तप्काका मानिसको कार्यदल बनाएर एनआरएनए अष्टेलियाका मुद्दाहरू पूरा गर्न सकियो भने यो नयाँ कार्यकाल स्वर्णिम हुने विश्वास गर्न सकिन्छ।
यसपटकको चुनावमा सहभागी सबै उम्मेदवारहरू मेरालागि विजयी हुन्, जसले नयाँ परिवर्तन चाहेका छन्। सम्पूर्ण नेपालीलाई यस प्रवासी भूमिमा लिंग, जातिय एवं राजनीतिक पृष्ठभूमिको बाबजुद पनि एउटै मुठ्ठीमा बाँध्नु पर्छ भन्ने भाव देखाइसकेका छन्। किनभने प्रवासमा फुटेको नेपाल हेर्न मलाई लाज लाग्छ। विजय हामी सबैको हुनु पर्दछ र भएको पनि छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.