सिड्नीमा नेपाली विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु


अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीको मोटरसाइल दुर्घटनामा परि मृत्यु भएको छ। मंगलबार कामबाट घर फर्कने क्रममा शुसन थापाले चढेको मोटरसाइकललाई ट्याक्सीले ठक्कर दिएपछि उनको मृत्यु भएको हो।

सिड्नीस्थित मेन्लीमा भएको उक्त मोटरर्साइकल दुर्घटनामा परि थापा गम्भीर घाइते भएका थिए। ट्याक्सीको ठक्कर लागेर सडकमा पछारिएका थापालाई पछाडिबाट आइरहेको भ्यानले चेपेको थियो। त्यसपछि उनलाई थप उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको थियो। थापाको सोही अस्पतालमा उपचारका क्रममा आइतबार अस्पतालले उनलाई मृत घोषणा गर्‍यो।

सन् २०१४ मा स्नातक तह अध्ययनका लागि अष्ट्रेलिया आएका थापा हाल सिक्यु विश्वविद्यालयमा स्नातक तहमा आईटी अध्ययनरत थिए। थापाको शवलाई सिड्नीस्थित कोरोनरको कार्यलमा राखिएको छ। उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.