प्रवासको पत्रकारीता परिपक्क बन्नु पर्छ: पाण्डे 

नेपाल न्यूज अस्ट्रेलियाको बार्षिकोत्सव सम्पन्न


सिड्नीबाट बिगत चार बर्षदेखि प्रकाशित हुँदै आएको नेपाली मासिक पत्रिका नेपाल न्यूज अस्ट्रेलियाको पाँचौ बार्षिकोत्सव सिड्नीमा सम्पन्न भएको छ।

बार्षिकोत्सव कार्यक्रमका प्रमुख अथिति अस्ट्रेलियाका लागि नेपालका कार्यवाहक राजदूत राजेन्द्र प्रसाद पाण्डेले समाजलाई सहि सूचना र जानकारी दिएर सूसुचित पर्ने कार्यमा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहदै आएको बताए । उनले अस्ट्रेलियामा नेपाली संचारमाध्यमको संख्यामा भएको बृद्धिसँगै यसको गुणस्तरीयता र विश्वसनियतामा पनि ध्यान दिन सम्बद्ध पक्षलाई आग्रह गरे।

सानो समाचारले ठूलो क्षती हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रवासको पत्रकारिता परिपक्क बने यसले नेपाली समाजलाई फाइदा पुग्ने पाण्डेको भनाइ थियो ।

एन आर एन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएन अभियानमा नेपाल न्युज अस्ट्रेलियाले खेल्दै आएको भूमिका वास्तबमै गर्व गर्न लायक रहेको बताए। उनले नेपाल न्युज अस्ट्रेलियाले समाचार प्रकाशनमा देखाउँदै आएको व्यवसायिक एवम् तटस्थता नै यसको विशेषता रहेको औल्याए। कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारीले प्रवासको पत्रकारिता विकासमा नेपालबाट विदेशिएका पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले नेपाली समाज बढ्दैजाँदा समाजभित्रको आवश्यकताका रूपमा पनि सञ्चार माध्यमको उदय भएको बताइन्।

कार्यक्रममा नेपाल न्युज अस्ट्रेलियालाई सहयोग गर्नु हुने विज्ञापनदाता, लेखक एवम् चलचित्र नायिका केकी अधिकारी, चलचित्र निर्देशक प्रचण्डमान श्रेष्ठलाईसमेत सम्मान गरिएको थियो। सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले पत्रिकाका पूर्वप्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाल र मुख्य सहयोगी ओसिनिया एजुकेसन सोलुसनका निर्देशक सन्दिप खनाललाई पनि सम्मान गरेका थिए।

त्यस्तै नेपाल न्युज अस्ट्रेलियालाई लेखनको माध्यमबाट सहयोग गर्नुहुने क्यानवेराका समाजसेवी डा. कृष्ण हमाल, सिड्नीका श्री नापित, त्रिलोचन पोखरेल, सुरज न्यौपानेलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा एनआरएनकी संरक्षक इन्द्रा वन,आई सी सी युथ संयोजक विजय पोखरेल, एनआरएन अस्ट्रेलियाका सचिव टोनु घोताने, एनआरएन एन एस डब्लुका संयोजक दिनेश पोखरेल, नेपाल न्यूजअस्ट्रेलियाका कनुनी सल्लाहकार डा. समशेर सिंह थापा, ओसिनिया एजुकेसन सोलुसनका डाइरेक्टर सन्दिप खनाल तथा म्यागेजिनका पूर्वप्रकाशकद्वय प्रदिप ढकाल र डिल्लीराम ढकाल लगायतका बक्ताहरूले म्यागेजिनको विविध पक्षका बारेमा बोल्दै शुभकामना मन्तब्य राखेका थिए।

नेपाल न्यूज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैह्रेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सम्पादक कृष्ण तिवारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यकारी निर्देशक हेमन्त काफ्लेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। काफ्लेले प्रवासको पत्रकारिता पार्टटाइमका रूपमा रहेको कारण पूर्ण ब्यवशायिक बन्न नसकेको टिप्पणी गरे।

कार्यक्रममा नेपाली समुदायका विशिष्ट व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.