अस्ट्रेलियाको सिड्नीमा नेपाल झल्किने तस्बिर प्रदर्शनी गरिएको छ।
अस्ट्रेलिया नेपाल न्युजको ११औं वार्षिक उत्सवको अवसरमा मनघरी फाउण्डेसनले सातै प्रदेश समेटिने गरी नेपाल झल्किने तस्बिर प्रदर्शनी गरेको हो।
नेपालका लागि अस्ट्रेलियाकी राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा भरत बन्धु थापाका २२ वटा तस्बिरहरू राखिएका थिए।
प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन्।
राजदूत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर स-परिवार नेपाल घुम्नमा पनि जेाड दिइन्।
नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्ताे तस्बिर प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
एन एस डब्लुका वाणिज्यदूत संजिव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गरे।