अस्ट्रेलियाको मेलवर्नबाट शिक्षा र माइग्रेसनसम्बन्धी काम गर्दै आएको स्टुडेन्ट डेस्टिनीले काठमाडौंमा शाखा सुरू गरेको छ।
काठमाडौंको डिल्लीबजारमा रहेको शाखाबाट अध्ययनका लागि विदेश जानेहरूको लागि सहजीकरण गरिनेछ।
अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा, युके लगायतका देशमा अध्ययनका लागि जान सहजीकरण गरिने स्टुडेन्ट डेस्टिनीका निर्देशक प्रकाश सेढाईंले बताए।
‘सकेसम्म स्वदेशमै अध्ययन गर्नुस्। यदि विदेश जान परेमा राम्रो र विश्वसनीय कन्सल्टेन्सी रोज्नुहोला। बुझेर, सबै ख्याल गरेर मात्र अघि बढ्नुपर्छ,’ सेढाईंले भने, ‘हामीसॅंग योग्य र अनुभवी टिम छ।अस्ट्रेलियामा पिआर र अन्य प्रक्रियामा समेत हामीले काम गर्दै आएका छौं।’
आइइएलटिएस, पिटिई, टोफल लगायतको पढाइ समेत हुने अर्का निर्देशक समुन्द्र न्यौपानेले बताए।
‘हामीले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने डकुमेन्ट तयार पार्न परामर्श दिन्छौं। उनीहरूलाई कुन देशमा जाँदा कस्तो अवसर छ भनेर प्रष्ट पार्छौं,’ उनले भने,‘विशेष गरेर अस्ट्रेलिया जाने चाहने विद्यार्थीहरू आर्थिक स्रोत देखाउने प्रक्रियामा अलमलमा पर्छन्। हामीले उनीहरूलाई यसको समेत परामर्श दिन्छौं।’