अस्ट्रेलियाको सिड्नीस्थित डार्लिङ हार्बर शनिबार नेपालमय भयो।
सिड्नीकै अत्यन्त व्यस्त पर्यटकीय क्षेत्र डालिङ हार्बरमा करिब ३५ हजार नेपालीको भिड, जताततै फहराइएको चन्द्रसूर्य अंकित त्रिकोणाकार झण्डा, नेपाल झल्कने पहिरन, कला र संस्कृति अनि नेपाली सम्पदा, नेपाली खाना र सांस्कृतिक कार्यक्रमले यो क्षेत्र गुञ्जायमान भयो।
महोत्सवमा राखिएका विभिन्न स्टल र नेपाल हाउसको माध्यमबाट नेपाली खाना, नेपाली कलासंस्कृति, जात्रा तथा पर्व झाँकी र नेपालको पर्यटनको बारेमा विदेशीलाई जानकारी दिइएको थियो।
अष्ट्रेलियाका केन्द्रीय मन्त्री, प्रिमियरलगायत अन्य राजनीतिक दलका नेतासँगै नेपाली उच्च पदस्थ सरकारी अधिकारीले महोत्सवमा सहभागी हुँदा यसले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप सुमधुर बनाउने सेतुको काम गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले अष्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा इमानदार भएको भन्दै डार्लिङ हार्बरमा एकसाथ यतिधेरै सहभागी हुँदा आफू सिड्नी नभएर काठमाडौं या पोखरा कतै भएको बताए।
उनले डार्लिङ हार्बरमा एउटै दिनमा यति ठूलो र उत्साहजनक भिड कहिल्यै नदेखेको समेत बताए।
'यो भिड कुनै काठमाडौं या पोखराको होइन, यो त सिड्नीको हो,' उनले भने,'यो संख्या आगामी दिनमा अझै बढ्दै जान्छ, नेपाली समाजसँग मिलेर आफूहरू काम गर्न सधैं तयार छौं।'
महोत्सव सुरू हुनु अघि सिड्नीको टाउनहलबाट शहरका विभिन्न भाग हुँदै नेपाली झाँकी र बाजागाजासहित सांस्कृतिक परेड गरिएको थियो।
औपचारिक कार्यक्रमपश्चात नेपालबाट आएको सांगीतिक समूह 'द एक्स' का साथै हेमन्त शर्मा, आस्था राउत लगायतका कलाकारको विशेष सांगीतिक प्रस्तुतिले आगन्तुकलाई मनोरञ्जन दिएको थियो।
हेर्नुहोस् केही तस्बिरहरू:
-1732370880.jpg)
-1732370880.jpg)
-1732370880.jpg)
-1732370879.jpg)
-1732370879.jpg)
-1732370878.jpg)
-1732370878.jpg)
-1732370877.jpg)
-1732370877.jpg)
-1732370878.jpg)