अमेरिकन भन्छन- नेपाल घुम्नैपर्ने मुलुक हो, हामी नेपाली आफ्नै देश किन घुम्दैनौ?

अलास्का यात्रा अनुभव


भनिन्छ नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। हिमाल देखि तराई, पूर्व देखि पश्चिम्, भौगोलिक हिसाबले सानो भएतापनी हजारौँ जात जाती, भाषाले भरिपूर्ण रहेको देश सायद विश्वमा नेपाल मात्र होला। विश्वको सर्वोच्च शिखर सगरमाथा होस वा आठ हजार मिटर माथिका आधा दर्जन भन्दा बढी हिमाल हाम्रो देश नेपालमा नै छ। विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने गौतम बुद्धको जन्मभुमि लुम्बिनी समेत यसै देशमा रहेको छ।

प्रकृतिले दिएको सबै बरदानको नेत्रपान गर्न नपाए पनि स्कुलको घुमाइ, क्याम्पसको टुर वा विभिन्न समयमा गरिएको पेसाको कारणले धेरै ठाउँ घुम्ने अवसर प्राप्त भएको थियो। अझै कति रमणीय स्थानहरू घुम्ने धोको भने मनमा नै लिएर बस्नु परेको छ।

हामी कतै घुम्न जाऊ न भनेर योजना बुनिरहेका थियौँ। फ्लोरिडाको बिच उत्कृष्ट छ, हैन हवाई राज्य जाऊ असाध्य राम्रो छ भन्ने धेरै नामहरू लिदैं गर्दा एकदम नयाँ अनुभव लिनको लागि अलास्का जाऊ भन्ने कुरा उठ्यो। अलास्का मा के छ, के हेर्ने भनेर धेरै खोज्दा ग्लासियर धेरै प्रख्यात छ भन्ने कुरा उठ्यो। हामी तीन बिचमा सहमति भयो जिन्दगीको एउटा फरक अनुभूतिको लागि अलास्का प्रस्थान गर्न।

जाडोमा घुम्ने योजनालाई भने अलास्कामा जाडो मौसम भरी हिउँ ले लटरम्म ढाक्ने, दिन एकदम छोटो हुने र कहीँ कतै घुम्ने अवस्था नहुने हुँदा हाम्रो प्रस्थान गर्ने मिति जुलाई राखियो। जुलाईको अन्त्यतिर लस एन्जल्सबाट साँझको समयमा सियाटल हुँदै एन्कोरेजको लागि प्रस्थान गरियो। एन्कोरेजमा रातीको करिब १२ बजे पुग्नु पर्ने थियो।

प्लेन ल्यान्ड गर्ने घोषणा भए पछि बाहिर नियालेर हेर्छु त उज्यालो देख्छु। अमेरिकाको प्रायश सबै सहर झिलिमिली हुने हुँदा यो पनि बिजुली बत्तीको करामत हो भन्ने भाव मनमा राख्दै एयरपोर्टबाट बाहिर निक्लेर कार भाडामा लिने ठाउँमा जाँदा पो थाहा भयो यस ठाउँमा गर्मीको समयमा लामा दिन अर्थात् मध्यरातमा सुर्यास्त हुने र केही घण्टामा नै सुर्योदय हुने।

पहिलो दिन एन्कोरेजमा नै बस्ने योजना मुताविक भाडाको गाडी लिएर होटेलमा गयौ। कोठा बुक गरेको छदैछ भनेर ढुक्कसँग गएर बुक गरेको कोठा माग्दा भने तीन जनालाई पुग्ने गरी बुक गरिएको कोठा नपाउदा झसङ्ग हुनुपर्यो। लस एन्जल्स तीरको झैँ सजिलै कोठा पाहिएला भनेर हामी कोठा क्यान्सिल गर्छौँ भनेर तीन जना तिनतिर बसेर कोठाको लागि फोन घुमाउन थाल्दा निराश भएर यही कोठा दिँदा हुन्छ भन्दै लिएर सुत्न गयौँ।

नेटिभ अलास्कनले प्रस्तुत गरेको कला हेर्दा हामीहरू एकार्कोलाई हेर्दै नेपालमा तामांग जातिले गाउने शैलीको भाका, पहिरन र अनुहार केही मिलेको जस्तो देख्दा के यो भाषा पनि उतै बाट त् आएको हैन भन्दै हामी अड्कल काट्न लाग्यौ।

यस केन्द्रमा जाडोबाट बच्न कस्तो बास स्थान प्रयोग गर्थे, कस्ता भाडा प्रयोग गर्थे, घर कस्ता थिए भनेर अवलोकन गरेर सकियो। साइबेरिया, उत्तरी आर्कटिक होस् वा दक्षिणी आर्कटिकमा ढुवानीको लागि मानिसहरूले हजारौँ वर्षदेखि कुकुरले तान्ने गाडा प्रयोग गर्ने रहेछन्। कुकुरले गाडा तान्ला भनेर अनौठो मानिरहेका हामीलाई कुकुरहरुले जोडका साथ कुदाउदा भने पत्याउन समेत गारो परेको थियो।

म्याटानुस्का ग्लासियर जाँदा बाटोमा सडकबाट देखिने हरियाली, हिउँ र ग्लासियरले हाम्रो मन लोभ्याइरहेको थियो। अलस्काको ग्रामीण भेगमा जी. पी. एसले सही स्थान नदेखाउने कारण समस्या आइलाग्यो। केही अगाडि गएर फर्केर आफू बस्ने ठाउँमा आएर जाँदा कटेज बन्द थियो। यस्ता कटेजहरुमा केही पर हुने रेस्टुरेन्टमा साचो छोड्ने चलन हुँदो रहेछ।

तल्लो कटेजमा बस्ने एक जना अङ्रेज नजिकै आएर अलास्का, ग्लासियर र हिमालको कुरा गर्न थाले। कुरै कुराको सिलसिलामा आफू दुई पटक नेपालमा हाइकिङको लागि गएको तर धेरै टाढा र बढी खर्च लाग्ने हुँदा सधैँ जान सकिँदैन तर एक पटक अवश्य जानू भनेर हामीलाई बताउन थाले। उनको अनुभवमा नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण जीवनमा एक पटक जानै पर्ने स्थान हो भन्दै बताउँदै थिए। लाजमर्दो रूपमा नै हामी पनि नेपालबाट हो तर अहिले सम्म हिमाल नगएको बताउदा आस्चर्यचकित हुँदै यहाँ किन, नेपालमा के छैन र भनी बताउन थाले।

ट्रीप एड्भाइजर अनुसार विश्वको घुम्नु पर्ने स्थानमा नेपालको काठमाडौँ तेइसौं स्थानमा पर्दछ। प्लानेटवेयारले मन्दिरहरुको सहर भनेर चिनिने काठमाडौँ, भक्तपुर, बुद्दनाथ स्तुपा, पोखरा पोखरा, अन्नपूर्ण पदयात्रा क्षेत्र, चितवन राष्ट्रिय निकुन्ज, लांगटांग पदयात्रा क्षेत्र, स्वम्भुनाथ, विश्वकै सर्वोच् शिखर सगरमाथा आधार शिविर पदयात्रा, लुम्बिनीलाइ नेपालका प्रमुख दश पर्यटकीय क्षेत्रका रूपमा उल्लेख गरेको छ।

सायद मृगतृष्णा भने झैँ हामी पनि आफ्नो देशको प्राकृतिक सुन्दरताको अनुभूति नलिई बाहिर राम्रो खोज्न हिडे झैँ पो भयो। सायद हाम्रो देशमा भएका आकर्षणका केन्द्रहरुलाइ आम मानिस सम्म प्रचार प्रसार गरी पुर्‍याउन नसक्नु को कारणले धेरैले थाहा नपाएको पनि हुन सक्दछ।

ग्लोबल वार्मिङको कारणले गर्दा अतिबृश्टी, खण्ड वृष्टि, खडेरी, हिउँ पग्ल्ने, ग्लासियर पग्लने गर्दा समय अन्तरालमा केही शहरहरु समुन्द्री सतहमा विलीन हुनसक्ने बताइएको छ। ग्लासियर  अनुभव हाम्रो यात्रालाइ अझ रमाइलो बनायो।

पानीजहाजमा अलास्काको डेनालीमा बस्ने जोडीसंग मैले नेपालमा बनेको उनीको टोपी लगाएको कारण हाम्रो परिचय भयो। डेनालीमा एक नेपालीले नेपालबाट सामान ल्यायेर बेच्ने पसल राखेको रहेछन। सो पसलमा गै रहने र उनी सँग राम्रो परिचय रहेछ उनको।

नेपालीको व्यवसाय राम्रोसँग चलेको र उनी सारै राम्रो मानिस छन् भन्दै विश्वको सर्वोच् शिखर सगरमाथाको उनले बयान गर्दै थिए। विदेशमा जाने हरेक नेपाली नेपालका दुत हुन् उनीहरूले नेपालको परिचय दिइरहेका हुन्छन् भनेको सही नै रहेछ, ती नेपालीले डेनालीमा गरेको राम्रो व्यवहारको कारण त्यो जोडीको आदार भाव हामी प्रति देखिन्थ्यो।

यात्रा रमाइलो भयो र फर्किने समय पनि आयो। निर्धारित समय अनुसार मध्यरातको प्लेन यात्राको लागि हामी एअरपोर्टमा पुगेर बोर्डिंग पास लिने बेलामा हाम्रो फ्लाइट आजको नभई हिजोको नै भएको र प्लेन छुटेको जानकारी पाउँदा छाँगाबाट खसे झैँ भैयो।

तिनै जना साथीहरू टिकट झट्ट हेरेर पुरा ध्यान नदिई हिड्दा समस्यामा परियो भनेर मुखामुख गर्ने बाहेक अर्को बिकल्प रेहन। हामीहरुलाई वैटिंगमा राख्ने र सिट खाली भएमा मिलाइदिने तर तिनै जनाले उड्न पाउने सम्भावना नहुन पनि सक्छ भन्दै जानकारी पाइयो। प्रस्ट रूपमा टिकट नहेर्ने आफ्नो गल्तीको कारणले जान पाउने नपाउने अन्योलतामा हामी बसिरहनु परेको थियो।

जीवन भोगाई र सिकाइ हो। जीवनमा घटेका हरेक घटनाबाट केही न केही नयाँ कुरा सिक्ने अवसर प्राप्त भइरहेको हुन्छ। फरक यति मात्र हो जीवनको भोगाइलाई कसरी सिकाइमा रुपान्तरित गर्ने। अलास्का भ्रमणबाट मृगतृष्णा झैँ आफूभित्रको सौन्दर्यता समेत पहिचान गर्न नसकी परख्न नसक्ने हामीहरू बाहिरी संसारको राम्रोको मात्र बयान गरिरहदा कसरी आफूमा अन्तर्निहित सुन्दरतालाई उजागर गर्ने भनेर आआफ्नो स्थानबाट बढ्नुपर्ने महसुस गरियो। हाम्रा साना योगदानले पनि मातृभूमि नेपालले केही राहात पाउन सक्दछ। प्राकृतिक सौन्दर्यतामा धनी भनेर चिनिने र बुझिने नेपालको विकाशको एक आधारशिला यसै सौन्दर्यतालाई बनाउन सकिन्छ।

फोटो: गुगल

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.