अमेरिकामा उदाहरणिय बन्दैछ ‘टेक्सासको नेपाली समाज’

अमेरिकामा उदाहरणिय बन्दैछ ‘टेक्सासको नेपाली समाज’


नेपाली डायस्पोरामा एनआरएनलाई सबै भन्दा ठुलो र घेरै देशहरूमा संजालमा फैलिएको संस्थाको रूपमा मानिन्छ। फेरि यसले आत्मसाथ गरेको मुख्य नारा ‘एक पटकको नेपाली सधैको नेपाली’ रहेको छ। यदि तँपाई अमेरिकामा हुनुहुन्छ भने आफै लड़ाईमा रूमलिएको एनआरएन अमेरिकाले गफमा मात्रै यो नारालाई आत्मसाथ गरेको देखिन्छ।

व्यवहारमा यहाँको एनआरएनले खासै काम गरेको देखिन्न। तर अमेरिकामा केहि यस्ता संस्थाहरु छन। जस्ले यहाँको ठुलो भनिएका संस्थाहरुलाई आफ्नो कामले ओझेलमा पारिरहेका छन। यसरी नेपाली समुदायमा चर्चामा रहेको एउटा संस्था हो नेपाली समाज टेक्सास।

मातृभूमि नेपालको आर्थिक एवम सामाजिक विकासको निम्ती स्थापना देखि ससानो भूमिका खेल्दै आईरहेको यो समाजले कर्मभूमिमा पनि नेपाली धर्म,भाषा,संस्कृति र सभ्यतालाई जीवन्त तुल्याउन विभिन्न कार्यक्रमहरू गरिरहेको पाईन्छ।

लाग्छ यो यस समाजले गरेका सामाजिक एवम साँस्कृतिक गतिविधिहरूबाट कर्मभूमि र मातृभूमि बिच जोडने एउटा सेतु बन्दै छ भने यहाँ पनि नेपालीनेपाली बिच जोडने ब्रिज बनिरहेकोछ। यस समाजले यहाँको अन्य संस्थाहरू,सामाजिक व्यक्तित्वहरुको सहयोगबाट निर्माण गरेका मन्दिर र त्यहाँ हुने पुजापाठले नेपालको पशुपतिनाथ एवम स्वयम्भूनाथको झल्को दिन्छ।

फेरि फेरि दुखको वेलामा गो फण्ड र फण्ड राईजिङ गरेर भएपनि टेक्सासमा रहेका नेपालीहरू बिच मर्दापर्दाको साथी पनि बनिरहेकोछ।

अहिले पछिल्लो समय बालबालिका अर्थात यहाँको दोस्रो पुस्तालाई लक्षित गरेको कार्यक्रम समर क्याम्पले झनै यस्को चर्चा चुलिएको छ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रसँग मिलेर गरिएको यस क्याम्पको प्रमुख हिन्दु विद्यापीठ नेपालका संस्थापक गुरु डा. चिन्तामणि योगी रहेका छन।

अमेरिकामा अहिले विद्यार्थीहरूको ३ महिनाको लामो गर्मी बिदा भएको छ। यहि बिदालाई सदुपयोग गर्दै घरमै बसेका नेपाली विद्यार्थीहरू लक्षित गर्दै यहि  जुलाई १६ देखि २९ सम्म पूर्वीय दर्शन, ज्ञान, नैतिक शिक्षा, योग लगायत बिषयमा ज्ञान दिनको लागी समर क्याम्प गरिएको छ साथै यस क्याम्पमा नेपालको सामाजिक, आर्थिक, साँस्कृतिक, पर्यवरणीय, आर्थिक स्रोत र भौगोलिक विविधताका साथै धार्मिक परम्पराका विषयमा अडियो, भिडियो र समुह छलफलबाट सिकाइन्छ।

यस क्याम्पमा यहाँ रहेका दुईसय भन्दा बढि नेपाली बालवालिकाहरू भर्ना रहेका र ड्राईभमा दुई घण्टा परदेखि विद्यार्थीहरू उत्साह पूर्वक सहभागी रहेको क्याम्पको आयोजक संस्था नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने बताउछन। उनि भन्छन ‘अमेरिकामा  जन्मिएका र हुर्कदै गरेका नेपाली बालबालिकालाई अध्यात्म, नेपाली संस्कृति, परम्परा, नैतिक आचरण तथा नेपालबारे जानकारी दिने उद्देश्यले यसरी  शिविर आयोजना गर्दा सबैबाट सहयोग पाइएको छ।’

बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भईरहेको समर कक्षामा ५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरु रहेको छन। यसरी संचालन भईरहेको कक्षामा दुई साताको लागि शुल्क एकसय डलर तोकिएको शुल्कबाट बालबालिकालाई खाना र स्टेशनरी समेत प्रदान गरिएकोछ।

यसो त सन २००८ देखि नै यस्तो शिविर हरेक गर्मि महिनामा संचालन गरिदै आईरहेको यस प्रकारको कक्षालाई चार बर्षको अन्तरालपछि गतबर्ष देखि पुन संचालन गरिएकोछ। अहिले बिद्यार्थीको सहभागिता देख्दा गुरू दंग परेको बताउछन।

सेतोपाटीसँगको कुराकानीमा यस शिविरमा गुरूले नेपाली परम्परा, धर्म, अनुसाशन र अध्यात्मका बारेमा बालबालिकाहरूले शिक्षा हासिल गरिरहेको बताए। युरोपका विभिन्न देशहरू धुमेका र अहिले पर्यटन भिसामा टेक्सास आईपुगेकाका पोखराका युवा उद्यमी सुर्यप्रसाद बरालले आफु सात समुद्रपार रहेको यहाँको मन्दिर पुग्दा नेपालमै भएको अनुभूति ठान्छन।

आफ्नो छोरी लिन आएकी  गोपिका पोख्ररेलले दुई तिन दिनमा छोरीको सोचाईमा कहि परिवर्तन आएको बताईन। युलेस निवास व्यवसायी एवम इंजिनियर अर्जुन ढकाल भाषा रहे मात्र भाषासँग धर्म, संस्कृति स्वभावैले जोडिने हुदा दोस्रो पुस्ताको लागी कक्षा उपयोगी ठान्छन।

यसो त ढकालले भनेझै कार्य समितीले नेपाली भाषाको लागी हरेक हप्ता आईतबार नेपाली पाठशाला पनि संचालन गरिरहेको समाजका अध्यक्ष कृष्ण लामिछाने  बताउछन। नेपाली पाठशालामा १०५ जना विद्यार्थीहरू रहेको हरेक ६ महिनामा यसको शुल्क सय डलर लाग्ने रहेछ। सम्पुर्ण पदाधिकारी र अधिल्ला कार्यसमितीमा रहेका सदस्यहरू एवम समाजका अग्रज व्यक्तित्वको योगदान रहेका हुदा समाजको गतिविधिहरू सफल हुदै गएको रहेका ठान्छन नेपाली समाज टेक्सासको अध्यक्ष कृष्ण लामिछाने।

यसरी डायस्पोरामा रहेर नेपाली भाषा,धर्म र संस्कृतिलाई समाजले गरेको जीवन्त बनाउने प्रयास प्रशंसायोग्य छ। फेरि यहि जन्मिएर हुर्किएका बालवालिकाहरूलाई पनि नेपालप्रति सद्भाव बढाउन यस्ता गतिविधिहरू भईरहन जरूरी देखिन्छ।

फोटो: कृष्ण लामिछाने

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.